ताजा अपडेट
साँफेबगर नगरपालिका ७ रिडिकोटद्वारा जेष्ठ नागरिकलाई सम्मान
साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटमा आज जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । अन्र्तराष्टिय जेष्ठ नागरिक दिवसको अवसरमा १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष हिक्मत कडायतले जानकारी दिनु भयो । आफ्नो जिवन कालमा सामाजिक क्षेत्रमा लामो समयदेखि योगदान गर्दे आउनु भएका वडाका १५ जना जेष्ट नागरिकmलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकहरु भीम बहादुर शाह,हर्क बहादुर कडायत, काुल सिह कुमाल, गीता देवी खवास,खम्म सि भाट,बहादुर सिह भाट,काली सुनार,मनसरि टमट्टा, रामे लुहार,हिरा टमट्टा,जलुदेबी कुमाल, गंगा कुमाल,झपट सि कुमाल,सुरत नगार्जी र दुर्गा देबी टमट्टालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।वडा अध्यक्ष हिक्मत कडायतको अध्यक्ष्तामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका अछामका सचिब टक्कर बहादुर शाह रहनु भएको थियो भने बिशिष्ट अतिथि कार्यपालिका सदस्य मिना केसी,अतिथिहरुमा वडा सदस्यहरु तिलाराम टमट्टा,पशुपति बिक,सरस्वती आबीका प्रधानाध्यापक प्रकाश बहादुर कुमाल ,सरस्वती आबीका प्रधानाध्यापक धर्मराज स्वार,बिपी स्मृति आबी निर्वतमान प्रधानाध्यापक श्याम कुँवर, ईलाका प्रहरी कार्यालय बयालपाटाका प्रमुख देबेन्द्र कँुवर, वडा स्तरिय महिला सजालका अध्यक्ष धनकला कुमाल, लगायतका रहनु भएको थियो । कार्यक्रमको सञ्चालन सहजकर्ता ज्ञानु कुमारी सिंहले गर्नु भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया