ताजा अपडेट
धान नकाट्न सुदूरपश्चिम कृषि निर्देशनालयको अपिल

धनगढीः तत्काल धान नकाट्न कृषि विकास निर्देशनालय डोटीले अपिल गरेको छ।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाद्रारा जारी सुचना अनुसार सुदुरपश्चिम प्रदेशमा आशिंकदेखि सामान्य बदली भई केहि दिन पानी पर्ने संभावना भएको भन्दै तत्काल धान नकाट्ने निर्देशनालयले किसानलाई आग्रह गरेको हो।
आज (सोमबार) देखि १७ गते बुधवारसम्म पानी पर्ने सक्ने सम्भावना देखिएकोले धान नकाट्ने निर्देशनालयले आग्रह गरेको हो। साथै काटेको धानवाली भित्र्याउन र नकाटेर खेतमै रहेको धानबाली काट्न केहि समय पर्खिन पनि निर्देशनालयको आग्रह छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा
-
उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा
-
अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
-
एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण
-
दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण
प्रतिक्रिया