Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २५ जेठ २०८२
प्रचलनमा:
ताजा अपडेट
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’ नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन नेपाल सरकार पोखरा औधोगिक क्षेत्रका पूर्व जिएम खेमराज कुँवरको निधन चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई चौरपाटिमा सम्पन्न प्रथम जिल्ला स्तरीय अध्यक्ष कपको उपाधि उपहार निर्माण सेवालाई लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट लोकतान्त्रिक निर्माण व्यवसायी संघ अछामको अध्यक्षमा गोकुल भाट आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! आर्थिक संकटका कारण सेवाको दायरा घटाउदै बयालपाटा अस्पताल,बन्द हुने डर ! भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी भारत-पाकिस्तान युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी

अख्तियारकाे वार्षिक प्रतिवेदन : १ वर्षमा ७ सय ६६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

अख्तियारकाे वार्षिक प्रतिवेदन : १ वर्षमा ७ सय ६६ जनामाथि भ्रष्टाचार मुद्दा दायर

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा आज साेमवार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आयोगका अनुसार गएकाे आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ वटा भ्रष्टाचार मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ जना महिला छन् ।

गएकाे आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट २० हजार नौ सय पाँच वटा उजुरी परेको थियो । साथै अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका सात हजार एक सय ६२ वटा उजुरीसहित कारबाही गर्नुपर्ने २८ हजार ६७ वटा उजुरी थिए ।

प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला (पालिकासमेत) सँग सम्बन्धित ३५ दशमलव ९५ प्रतिशत छन् । साथै शिक्षा (पालिकासमेत) सँग सम्बन्धित १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसङ्ख्यासँग सम्बन्धित तीन दशमलव १२ प्रतिशत उजुरी छन् । आयोगका अनुसार भौतिक पूर्वाधार तथा यातायातसँग सम्बन्धित चार दशमलव १० प्रतिशत, गृह प्रशासनसँग सम्बन्धित तीन दशमलव ५८ प्रतिशत र पर्यटन, उद्योग तथा वाणिज्यसँग सम्बन्धित दुई दशमलव ७१ प्रतिशत उजुरी परेका छन् ।

त्यसैगरी ऊर्जा, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित दुई दशमलव ५८ प्रतिशत, खानेपानी तथा सहरी विकाससँग सम्बन्धित दुई दशमलव ५१ प्रतिशत, अर्थ मन्त्रालयसँग सम्बन्धित एक दशमलव ८९ प्रतिशत, कृषि तथा पशुपक्षी मन्त्रालयसँग सम्बन्धित एक दशमलव ५२ प्रतिशत र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित एक दशमलव ०३ प्रतिशत उजुरी परेको आयोगको भनाइ छ ।

त्यसैगरी नक्कली शैक्षिक प्रमाण पत्रसँग सम्बन्धित छ दशमलव ०२ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित सात दशमलव १२ प्रतिशत र अन्य निकाय/क्षेत्रसँग सम्बन्धित उजुरी तीन दशमलव ०९ प्रतिशत छन् ।

गएकाे आर्थिक वर्षमा परेका उजुरीमध्ये १८ हजार सात सय ९९ अर्थात् ६६ दशमलव ९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फर्छ्याेट भएका छन् । जसमध्ये एक हजार एक सय ३३ वटा उजुरीमाथि विस्तृत अनुसन्धान गरिएको आयोगले जनाएको छ । सात हजार आठ सय ६९ वटा उजुरी तामेली गरिएको र एक सय ५२ वटा उजुरी सुझावसहित तामेली गरिएको छ । आयोगका अनुसार नौ हजार छ सय ४५ वटा उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको छ ।

प्रारम्भिक छानबिनका क्रममा रहेका नौ हजार दुई सय ६८ वटा उजुरी चालु आर्थिक वर्ष २०८०/८१ मा जिम्मेवारी सरेर आएका छन् । गएकाे आर्थिक वर्षमा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेस भएका आठ सय ७८ वटा उजुरीमाथि आयोगबाट नौ सय ३७ वटा निर्णय भएकोमा एक सय ६२ वटा आरोपपत्र दायर गरिएको छ । साथै छ सय ५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

विशेष अदालतमा दर्ता भएका एक सय ६२ वटा आरोप पत्रमध्ये गैरकानुनी लाभ हानीसँग सम्बन्धित ६४, घुस/रिसवतसँग सम्बन्धित ३२, सार्वजनिक सम्पत्तिको हानी/नोक्सानीसँग सम्बन्धित २७, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी १३, शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आठ, राजस्व चुहावटसम्बन्धी सात र विविध विषयका ११ वटा छन् । उल्लेखित आरोप पत्रबाट सात सय ६६ जनालाई प्रतिवादी बनाई एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार चार सय ३७ रुपैयाँ बिगो मागदाबी लिइएको छ ।

यस्तै आयोगबाट विगत वर्षमा विशेष अदालतमा दायर भएका आरोप पत्रमध्ये आर्थिक वर्ष २०७९/८० मा तीन सय ४१ वटा मुद्दाको फैसला भएको छ । जसमध्ये एक सय १४ वटा अर्थात् ३३ दशमलव ४३ प्रतिशत फैसलामा भ्रष्टाचारजन्य कसुर कायम भएको छ ।

सर्वोच्च अदालतको फैसलाबमोजिम रङ्गे हात कारबाहीमा आयोगले प्रमाणका लागि उपलब्ध गराएको रकममार्फत भएका मुद्दाहरू खारेज गरेका कारण कसुर कायम आएको देखिएको छ । अनुपातमा कमी विशेष अदालतबाट भएका फैसलामध्ये आर्थिक वर्ष २०७९/८० मा दुई सय ३७ वटा फैसलामाथि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।

आयोगमा परेका उजुरीहरू र अनुसन्धानपछि आयोगले दायर गरेका आरोप पत्रबाट घुस/रिसवत लिने–दिने, सार्वजनिक सम्पत्तिको हिनामिना, हानी/नोक्सानी वा दुरुपयोग गर्ने, गैरकानुनीरूपमा सरकारी/सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता गर्नेजस्ता भ्रष्टाचारजन्य काम भएका छन् ।

आयोगका अनुसार सार्वजनिक खरिद तथा निर्माणका काममा बदनियत राखी व्यक्तिगत लाभ लिने तथा नेपाल सरकारलाई हानी पुर्‍याउने, गैरकानुनीरूपमा सवारी चालक अनुमतिपत्र जारी गर्ने, गलत लिखत वा प्रतिवेदन बनाउने, परीक्षाको परिणाम फेरबदल गर्ने, गैरकानुनीरूपमा सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट/हिनामिना गर्नेजस्ता भ्रष्टाचारजन्य काम भएको पाइएको छ ।

आयोगका अनुसार गएकाे आर्थिक वर्षमा सबैभन्दा धेरै पालिकासँग सम्बन्धित मुद्दा ६६ वटा परेका छन् ।

प्रतिक्रिया