Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपालगञ्‍जमा अनिश्चित कालका लागी कर्फ्यू आदेश जारी

नेपालगञ्‍जमा अनिश्चित कालका लागी  कर्फ्यू आदेश जारी

बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदाय बीच सद्‍भाव बिग्रिने अवस्था देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सोमबार दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि कर्फ्यू आदेश जारी गरेका छन् ।

'जिल्ला प्राशसन [कार्यालय बाँकेका अनुसार मिति २०८०/०६/१४ गते सामाजिक संजालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयला[ई लिएर मुस्लिम समुदायले गरेको विरोध ऱ्यालीका कारण उत्पन्न हुन सक्ने परिस्थितिका कर्फ्यू आदेश जारी गरेको बताएको छ ।

'मिति २०८०/०६/१६ गते मंगलबारको दिन ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्न भइ नेपालगञ्‍ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले नेपालगञ्‍ज नगर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ,' आदेशमा भनिएको छ ।

कर्फ्यू नेपालगञ्‍ज नगर क्षेत्रको पूर्वमा राप्ती नदि पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका सीमा क्षेत्र भित्र कर्फ्यू आदेश जारी गरिएको हो । अनिश्‍चितकालसम्म लगाइएको कर्फ्यू आदेशका समयमा कसैलाई पनि भेला, सभा समारोह, जुलुस तथा र्‍याली, हुल हुज्जत र हिँड्‍डुल नगर्न आदेश दिइएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३) बमोजिम जारी भएको कर्फ्यू आदेशको समयमा यसलाई उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्कता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारवाही गरिने समेत बताइएको छ ।

प्रतिक्रिया