ताजा अपडेट
एसईईलाई कानुनी रुपमै खारेज गरौँ, कक्षा १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा विकसित गरौँ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा संसद गगनकुमार थापाले माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई कानुनी रुपमै खारेज गर्न प्रस्ताव गरेका छन्। सांसद थापाले सरकारले यस वर्ष एसईई परीक्षा नलिने र आन्तरिक मूल्यांकनबाटै आएको नतिजालाई मान्यता दिने निर्णय सही भएको बताएका छन्।
उनले कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण व्यवस्था गर्न माग गर्दै १२ को परीक्षालाई राष्ट्रिय परीक्षाका रुपमा लिन आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै सांसद थापाले शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिन आग्रह गरेका छन्।
‘यस वर्ष एसईई परीक्षा नहुने, सही निर्णय! कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्यांकनबाट निर्धारण हुने व्यवस्था गरौं र अब बाट एसईई कानुनी रूपमा नै खारेज गरौं।
कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि, संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ’, सामाजिक सञ्जाल ट्विटरमा सांसद थापाले लेखेका छन्।
गत चैत ६ गेतबाट सुरु हुने एसईई परीक्षा कोरोनाको महामारीका कारण स्थगित गरिएको थियो। बुधबार बसेको मन्त्रिपरिषदको बैठकले एस वर्ष एसईई परीक्षा नलिने र विद्यालयले गरेको आन्तिरिक मुल्यांकनलाई मान्यता दिने निर्णय गरेको थियो।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया