ताजा अपडेट
मंगला ने रा मा बि वलिगाउमा बृक्षरोपण ।।
भदौ २ अछाम
वडा स्तरिय युवा संजाल मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउको आयोजनामा मंगला नेरा माबि वलिगाउमा बृक्षरोपण गरिएको छ । विदयालयको प्रागँणमा धुपिसल्ला, सिसम, रिठा, बकाईना, आरुपोखरा लगाएत १ सय प्रजातिका बिरुवा रोपिएका बताईएको छ ।
युवा संजाल नगर उपाध्यक्ष तथा वडा अध्यक्ष श्याम सुन्दर रावल र सचिव जनक रावलको नेतृत्वमा गरिएको बृक्षरोपण कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष झपट बहादुर रावल, विदयालय ब्याबस्थापन समिती अध्यक्ष भैरब बहादुर बोहरा, नेकपा युवा नेता तथा जिल्ला कमिटी सचिवालय सदस्य भिम बहादुर रावल, वडा सचिव जखन रावल, नेपाली काग्रेस वडा सभापती झुलेन्द्र बहादुर रावल, मंगला बिकास क्लबका सहसचिव पुरन बहादुर रावल विद्यालयका अभिभावक सहीत अन्य युवाको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया