Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिम प्रदेश सभाबाट सुवासको निधनप्रति शोक प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभाबाट सुवासको निधनप्रति शोक प्रस्ताव पारित

धनगढीः सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

आज (मंगलबार) दिउँसो १ बजे बसेको दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। २०८० भदौ २६ गते नेम्वाङको निधन भएको थियो। सभामुख भीमबहादुर भण्डारी बैठकमा सभासमक्ष शोक प्रस्ताव प्रस्तुत गरेका थिए। 

‘विभिन्न समयमा भएका जन–आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका नेम्वाङको अप्रत्यासित निधनबाट मुलुकलाई अतुलनीय क्षति पुगेको छ, प्रदेश सभाको यो बैठक स्वर्गीय नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ प्रस्तावमा भनिएको थियो। 

सभामा उपस्थित सबै सांसदहरूले हात उठाएर शोक प्रस्ताव पारित गरेका थिए। त्यसपछि  दिवंगत नेम्वाङको निधनप्रति शोक प्रकट गर्न एक मिनेट उभिएर मौन धारण गरिएको थियो। प्रदेश सभाको अर्को बैठक असोज १७ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया