Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

सुदूरपश्चिम प्रदेश सभाबाट सुवासको निधनप्रति शोक प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेश सभाबाट सुवासको निधनप्रति शोक प्रस्ताव पारित

धनगढीः सुदूरपश्चिम प्रदेश सभाले संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

आज (मंगलबार) दिउँसो १ बजे बसेको दोस्रो प्रदेश सभाको दोस्रो अधिवेशनको २३ औं बैठकले पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य नेम्वाङको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो। २०८० भदौ २६ गते नेम्वाङको निधन भएको थियो। सभामुख भीमबहादुर भण्डारी बैठकमा सभासमक्ष शोक प्रस्ताव प्रस्तुत गरेका थिए। 

‘विभिन्न समयमा भएका जन–आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधान निर्माण गर्न अहम् र नेतृत्वदायी भूमिका खेल्नुभएका नेम्वाङको अप्रत्यासित निधनबाट मुलुकलाई अतुलनीय क्षति पुगेको छ, प्रदेश सभाको यो बैठक स्वर्गीय नेम्वाङको निधनप्रति गहिरो शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गर्दछ र शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ,’ प्रस्तावमा भनिएको थियो। 

सभामा उपस्थित सबै सांसदहरूले हात उठाएर शोक प्रस्ताव पारित गरेका थिए। त्यसपछि  दिवंगत नेम्वाङको निधनप्रति शोक प्रकट गर्न एक मिनेट उभिएर मौन धारण गरिएको थियो। प्रदेश सभाको अर्को बैठक असोज १७ गते बुधबार दिनको १ बजे बस्ने गरी स्थगित भएको छ।

प्रतिक्रिया