ताजा अपडेट
बझाङ भूकम्प : ६ जना घाइते, जयपृथ्वी राजमार्ग अवरुद्ध
बझाङ – भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसाे चैनपुर केन्द्रविन्दु भएर आएकाे भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
सत्यवादी मावि भाेपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरिले जानकारी दिनुभयाे । घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ ।
भूकम्पका कारण पहिराे गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएकाे प्रहरीले जनाएकाे छ । राजमार्गका ठाउँठाउँमा पहिराे जाँदा गाडी आवतजावत राेकिएकाे छ । भूकम्पकाे विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया