ताजा अपडेट
भूकम्पका कारण सुदूरपश्चिमका ७ वटा जिल्ला प्रभावित : घाइतेको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने
बझाङ केन्द्रबिन्दु भएर मङ्गलवार गएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका ७ वटा जिल्ला प्रभावित भएका छन् ।
अस्ति मङ्गलवार ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टरस्केलकाे भूकम्प जाँदा बझाङसहित बाजुरा, डोटी, अछाम, बैतडी, डडेलधुरा र दार्चुलामा गरी तीन सयभन्दा धेरै घरमा क्षति पुगेको छ । झण्डै ३२ वटा सरकारी कार्यालय तथा विद्यालय भवनमा पनि क्षति पुगेको छ ।
सुदूरपश्चिम प्रहरी कार्यालय, सञ्चार शाखाका अनुसार भूकम्पका कारण बझाङ, अछाम र बाजुरामा गरी २७ जना घाइते भएका छन् । भूकम्पले सबैभन्दा धेरै क्षति बझाङमा पुर्याएको छ । बझाङमा एक महिलाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् ।
अछाममा पाँच जना र बाजुरामा २ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भइ घाइते भएकाको उपचार खर्च ब्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा हिजो बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ
मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पमा परि घाइते भएकाको उपचारमा कुनै कमीकमजोरी हुन नदिने र उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिनुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक आज बस्दैछ ।
बैठकमा बझाङ केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना र सरकारको कार्ययोजनाबारे छलफल हुनेछ । हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बझाङका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूसँग भूकम्पको क्षति र पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया