Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् ।

चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो लागेको छ । विश्वमै नाम आइरहेको छ’, स्वदेश फर्किएपछि पत्रकारसँग कुरा गर्दै ऐरीले भने ।

मैदान प्रवेश गर्दा रेकर्ड बन्छ भन्ने सोच नराखे पनि लगातार ६ छक्का हानेपछि भने विश्व रेकर्डको सोच दिमागमा आएको उनले बताए । उनले भने, ‘त्यतिबेला सुरुमा जाँदा रेकर्ड बनाउँछु भन्ने थिएन । ६ छक्का हानेपछि विश्व रेकर्ड बन्नसक्छ भन्ने सोच आएको थियो ।’

उनले विश्व रेकर्ड बनाउँदा टिमका सबैजना निकै खुसी रहेको र ड्रेसिङ रुमको माहोल पनि निकै सकरात्मक रहेको बताए । ‘मैले रेकर्ड बनाउँदा सबैजना खुुसी थिए । अहिले टिम पनि एकजुट भएर खेलिरहेको छ । सबैले बधाई दिइरहेका थिए’, उनले भने ।

भारतविरुद्धको खेलमा भने आफूले कसरी २०३ रनको लक्ष्य भेट्ने भनेर मात्र सोचेको बताए । ‘त्यो बेला रन कसरी चेज गर्ने भन्ने मात्रै दिमागमा थियो । एक ओभरबाट कति रन बनिरहेको छ । सल्लाह गरेर खेलिरहेका थियौं’, १५ बलमा ३२ रन बनाएका उनले भने ।

उनले भारतका शिवम् दुवेलाई १४औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार छक्का प्रहार गरेका थिए । तर पनि नेपाल भारतसँग २३ रनले पराजित भएको थियो ।

पछिल्लो समय क्यानडामा ग्लोबल टी–२० खेलेर आएका उनले त्यो प्रतियोगिताको अनुभवले पनि हाल निकै सहयोग गरिरहेको बताए । ‘क्यानडामा राम्रो टिम र खेलाडीहरुसँग सिक्ने मौका पाएँ । त्यहि अहिले लागु गरिरहेको छु ।’

नेपाली टिमले घरेलु मैदानमा नै कात्तिक ११ गतेबाट टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेल्दैछ ।

पहिलो खेलमा मंगोलियाविरुद्ध ५२ रनमा अविजित रहेका दिपेन्द्रले दोस्रो खेलमामाल्दिभ्स विरुद्ध ९ र तेस्रो खेलमा भारतविरुद्ध ३२ रन बनाएका थिए ।

प्रतिक्रिया