Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

विश्वकप क्रिकेटः इङ्गल्याण्ड न्यूजिल्याण्ड मैदानमा, हेड टु हेडमा बराबरी

विश्वकप क्रिकेटः इङ्गल्याण्ड न्यूजिल्याण्ड मैदानमा, हेड टु हेडमा बराबरी

विश्वकप एक दिवसीय क्रिकेट आजदेखि भारतमा शुरु भएको छ । उद्घाटन खेलमा सन् २०१९ को विश्वकपका फाइनलिष्ट टिमहरु इङ्गल्याण्ड र न्यूजिल्याण्ड भिड्दै छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेल दिउँसो २ः१५ देखि शुरु हुँदैछ । खेलमा न्यूजिल्याण्डले टस जितेर पहिले फिल्डिङ्ग गर्दैछ । 

४६ दिनसम्म चल्ने विश्वकपमा साविक विजेता इङ्गल्याण्डको दाबेदारी प्रमुख छ । 

तर घरेलु मैदानको हिसाबले हेर्ने हो भने भारत सबैभन्दा बलियो दाबेदार हो ।

हेड टु हेड 
सन् २०१९ को फाइनलमा खेल टाइ भएपछि सुपर ओभरमा समेत टाइ हुँदा सबैभन्दा बढी चौका हानेका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो । 

त्यही हारको बदला लिन न्यूजिल्याण्ड पनि तयारी अवस्थामा देखिएको छ । दुवै टिमले अहिलेसम्म विश्वकपमा १० खेल खेलेका छन् । जसमा दुवैले ५–५ खेल जितेका छन् । 

एक दिवसीयको हेड टु हेडमा पनि दुवैले समान खेल जितेका छन् । अहिलेसम्म ९५ एक दिवसीय खेल खेलेकामा दुवैले ४४ खेल जितेका छन् । ३ खेल टाइ भएको छ भने ४ खेल नतिजाविहीन भएको छ । 

इङ्गल्याण्डका डेभिड मलान सन् २०२३ का टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ९ खेलमा ५९१ रन बनाएका छन् । जसमा ३–३ शतक र अर्धशतक छन् ।

त्यस्तै आदिल रशीदले ७ खेलमा १५ विकेट लिएका छन् । न्यूजिल्याण्डतर्फ डेरिल मिचेलले १६ खेलमा सर्वाधिक ६५२ रन बनाएका छन् । जसमा ३ शतक र १ अर्धशतक रहेको छ । बलिङतर्फ म्याट हेनरीले १० खेलमा १४ विकेट लिएका छन् । 

इङ्गल्याण्ड जोस बटलर र न्यूजिल्याण्ड केन विलियमसनको कप्तानीमा मैदानमा उत्रिएको छ । 

प्रतिक्रिया