ताजा अपडेट
बैतडीका दुई घरबाट दिउँसै सुन र नगद चोरी
बैतडीः बैतडीका दुई घरबाट दिउँदै सुन र नगद चोरी भएको छ।
पाटन नगरपालिका–४ बत्थीका गंगासिंह महरा र तारासिंह महराको घरबाट सुन र नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
बुधबार दिउँसोको समयमा गंगासिंह महराको घरबाट एक तोला चार आनाको गलोबन्द र ४ आनाको तिलरी चोरी भएको छ।
त्यस्तै सोही ठाउँका तारासिंह महराको घरबाट दुई आना र ५ आनाको दुईटा तिलरीसहित नगद ६ हजार तीनसय रुपैंया चोरी भएको प्रहरीले जनाएको छ।
घरभित्र बाकसमा राखेका सुनका गहना र नगद चोरी भएको हो। चोरीमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया