ताजा अपडेट
धनगढीबाट तीन पहाडी जिल्लामा नियमित उडान सुरु
धनगढीः कैलालीको धनगढी विमानस्थलबाट सुदूर पहाडका तीन जिल्लामा नियमित उडान सुरु गरिएको छ। पाँच महिनादेखि बन्द पहाडी जिल्लाको उडान सेवा पुनः सुचारु भएको हो।
गत चैतदेखि बझाङ, बाजुरा र अछामको हवाई उडान नगरेको समिट एयरले बिहीबारदेखि नियमित उडान सुरु गरेको छ। समिट एयरका सुदूरपश्चिम प्रमुख किशोर खड्काले बिहीबारदेखि नियमित उडान सुरु गरिएको बताए। पहाडी तीन जिल्लामा हप्ताको दुई दिन नियमित उडान हुने उनले बताए।
प्रत्येक हप्ताको सोमबार र बिहीबार बझाङ, बाजुरा र अछाम उडान गरिने उनले बताए। समिट एयरले धनगढी–बझाङको भाडादर ७ हजार रुपैयाँ कायम गरेको छ। बाजुराको भाडादर ७ हजार ५ सय र अछामको भाडादर ५ हजार कायम गरिएको छ। समिट एयरले धनगढीदेखि बझाङ २२ मिनेट, अछाम १७ मिनेट र बाजुरा २८ मिनेटको उडान अवधि रहने जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया