Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

सर्वोच्चद्वारा ‘रिगल’ लाई आममाफी दिनुको कारण माग, परिवारको सुरक्षा व्यवस्था मिलाउन निर्देशन

काठमाण्डाै – व्यक्ति हत्यामा दोषी ठहर भएका ‘रिगल’ भनिने योगराज ढकाललाई आममाफी दिएकोमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्याका दोषी ‘रिगल’ लाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको इजलासले असोज २४ गते ५ बजेभित्र कारणसहित लिखित जवाफ पेस गर्न विपक्षीको नाममा आदेश दिएको हो ।

यस्तै सर्वोच्चले रिटको टुङ्गो नलागुन्जेल निवेदक तथा उनका परिवारलाई सुरक्षा प्रदान गर्न गृह मन्त्रालयका नाममा आदेश दिएको छ । यस्तै रिटमा समावेश भएको कानुनी प्रश्नको जटिलता र महत्त्वको विचार गर्दा यसलाई पूर्ण इजलासमै लैजान उपयुक्त भएको पनि आदेशमा उल्लेख छ । यो मुद्दालाई अग्राधिकारमा राखेर असोजको २५ गते नै सुनुवाइ गर्न पनि आदेशमा उल्लेख छ । यो मुद्दामा महान्यायाधिवक्ता आफैँलाई समेत बहसमा उपस्थित गराउन सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ ।

चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको कसुरमा जेल परेका ‘रिगल’ को १२ वर्ष कैद सरकारले संविधान दिवसका अवसरमा माफी दिएपछि चौतर्फी विरोध भइरहेको छ । मानन्धरकी श्रीमती भारतीले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।

प्रतिक्रिया