Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा, घाइते नौ मध्ये दुई जनाको अवस्था गम्भीर

काठमाण्डौ – इजरायलको द्वन्द्व प्रभावित क्षेत्रमा रहेका नेपाली उद्दारको पर्खाइमा रहेका छन् । इजरायलमा हमास समूहको आक्रमणमा परेर नौ जना नेपाली घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयबाट बिएस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत ११ महिनाका लागि इन्टर्न गर्न इजरायल गएका थिए ।

सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना गएको भदौ २७ गते इजरायल गएका हुन् । उनीहरु द्वन्द्व प्रभावित क्षेत्रमा छन् । उनीहरु रहेको क्षेत्र द्वन्द्वग्रस्त गाजा क्षेत्रबाट नजिकै छ । यो क्षेत्र हमास समूहको नियन्त्रणमा छ । परराष्ट्रले मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावास आक्रमण प्रभावित क्षेत्रमा रहेका नेपालीसँग निकट सम्पर्कमा रहेको र उनीहरुको सुरक्षा तथा उद्धारका साथै उपचारका लागि पनि इजरायली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

यस्तै, त्यहाँ रहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न मन्त्रालयले अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेको नेपाली दूतावासको टेलीफोन नम्बर ९७२९००३५१६८०८५, तथा राजदूत कान्ता रिजालको नम्बर ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरेको ९७२५२८२८९३०० र इमेल [email protected] मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

सरकारले इजरायलमा भएको आक्रमणको भत्सर्ना गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । हमास समूहको आक्रमणमा परी इजरायलका २ सय ५० जना भन्दा धेरैको ज्यान गएको छ । 

प्रतिक्रिया