Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो

धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो

धनगढीः कैलालीको धनगढीमा भीम रावलको खोजी हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कै प्रसङ्गमा समर्थकहरुलाई मोड्ने काम गरेका छन्।

ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको हो। आइतबार धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी हुँदै प्रसङ्गलाई अन्तै मोड्ने काम गरेका हुन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका थिए।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै समयमा पछाडिबाट केही समर्थकहरुले भीम रावल खोइ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए। अछामका रावल अहिले गृह जिल्लामै छन्।

एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन। नेता रावलले भने एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन भइरहेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताएका छन्। अधिवेशनबारे पार्टीबाट कुनै जानकारी नआएको समेत उनले बताएका हुन्।

प्रतिक्रिया