Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो

धनगढीमा भीम रावल खोइ? भन्दा अध्यक्ष ओलीको प्रसङ्ग बदलियो

धनगढीः कैलालीको धनगढीमा भीम रावलको खोजी हुँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्कै प्रसङ्गमा समर्थकहरुलाई मोड्ने काम गरेका छन्।

ओली सहभागी कार्यक्रममा भीम रावलको खोजी भएको हो। आइतबार धनगढीमा सुरु भएको एमाले सुदूरपश्चिमको प्रदेश अधिवेशनमा रावलको खोजी हुँदै प्रसङ्गलाई अन्तै मोड्ने काम गरेका हुन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेका रावललाई अधिवेशनमा आमन्त्रण नगरेर उनी उपस्थित नभएपछि उनका समर्थकले खोजी गरेका थिए।

ओलीले अधिवेशन कार्यक्रमलाई सम्बोधन गरिरहेकै समयमा पछाडिबाट केही समर्थकहरुले भीम रावल खोइ? भन्दै प्रश्न गरेका थिए। तर ओलीले भने चुप लाग्नुस् साथीहरू भन्दै अर्कै प्रसङ्गलाई अगाडि बढाएका थिए। अछामका रावल अहिले गृह जिल्लामै छन्।

एमालेको दशौँ महाधिवेशनपछि पार्टीमा जिम्मेवारीविहीन रहेका रावललाई अहिले पनि पार्टीले जिम्मेवारी दिएको छैन। नेता रावलले भने एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन भइरहेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताएका छन्। अधिवेशनबारे पार्टीबाट कुनै जानकारी नआएको समेत उनले बताएका हुन्।

प्रतिक्रिया