Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २४ असार २०८२
प्रचलनमा:
ताजा अपडेट
अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी साँफेबगरका ५५ वर्षीय शिक्षक काठमाडौंबाट सम्पर्क बिहिन, खोजी कार्य जारी सम्पादकीय:  राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती सम्पादकीय: राष्ट्रिय धान दिवसको अर्थ, चेतना र चुनौती विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै विगत ३ वर्षदेखिको प्रयास सफल : साँफेबगरमा नगर उद्योग वाणिज्य संघ गठन हुँदै बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट बैद्यनाथ धाम पर्यटन प्रवर्द्धनका लागि नयाँ पहल : झुलङ्गे पुलमा झण्डा र झिलिमिली सजावट गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न गर्भवती आमा र आमा समूहलाई सम्मान, पोषण सामग्री वितरण गर्दै खप्तडमा कार्यक्रम सम्पन्न रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास रिडिकोटमा डिप बोरिङसहित खानेपानी योजना नगरप्रमुख कुँवरद्वारा शिलान्यास

साँफेबगर नगरपालिकाद्वारा साँफे हाटबजार अनुगमन

साँफेबगर नगरपालिकाद्वारा साँफे हाटबजार अनुगमन

साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा अनुगमन गरीएको छ । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा अनुगमन गरीएको हो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, केहि पसल दर्ता नभएका पाईएको छ । 

अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिनुभएको थियो । नगरप्रमुख कुँवरले उपभोक्ताहरुलाई पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नु भएको थियो । अनुगमनका क्रममा नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले व्यवसायीहरुलाई करको दायरामा आएर व्यवसाय गर्न निर्देशन दिनुभएको थियो ।चाँडपर्वका बेलामा स्थानीय उपभोक्तालाई झुक्याएर कमसल र म्याद गुज्रेका खाद्य बस्तुको बिक्री वितरण बढी हुने गरेका कारण नगरपालिकाले अनुगमन गरेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

'साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा गरीएको अनुगमनमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिकाका ईन्जीनियर निराजन शाह, साँफेबगर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफे हाटबजार व्यवस्थापन समितीका अध्यक्ष खेमराज कुँवर, करदाता सेवा कार्यालय साँफेबगरका कर अधिकृत डिल्लीराज पनेरु, करदाता सेवा कार्यालय साँफेबगरका नायब सुब्बा हिरा मणि जोशि, ईलाका प्रहरि कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँद, साँफेबगर नगरपालिकाका आई.टि. अफिसर अम्बर बहादुर बोहरा, साँफेबगर नगरपालिका वडा नं.३ का वडा सदस्य नृप बहादुर कुँवर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, साँफेबगर नगरपालिकाका प्रसासन सहायक सम्झना पुरी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया