Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाद्वारा साँफे हाटबजार अनुगमन

साँफेबगर नगरपालिकाद्वारा साँफे हाटबजार अनुगमन

साँफेबगर नगरपालिका वडा नं. ३ हाटबजारमा अनुगमन गरीएको छ । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा अनुगमन गरीएको हो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, केहि पसल दर्ता नभएका पाईएको छ । 

अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिनुभएको थियो । नगरप्रमुख कुँवरले उपभोक्ताहरुलाई पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नु भएको थियो । अनुगमनका क्रममा नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले व्यवसायीहरुलाई करको दायरामा आएर व्यवसाय गर्न निर्देशन दिनुभएको थियो ।चाँडपर्वका बेलामा स्थानीय उपभोक्तालाई झुक्याएर कमसल र म्याद गुज्रेका खाद्य बस्तुको बिक्री वितरण बढी हुने गरेका कारण नगरपालिकाले अनुगमन गरेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

'साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा गरीएको अनुगमनमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिकाका ईन्जीनियर निराजन शाह, साँफेबगर नगरपालिका वडा नं.३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफे हाटबजार व्यवस्थापन समितीका अध्यक्ष खेमराज कुँवर, करदाता सेवा कार्यालय साँफेबगरका कर अधिकृत डिल्लीराज पनेरु, करदाता सेवा कार्यालय साँफेबगरका नायब सुब्बा हिरा मणि जोशि, ईलाका प्रहरि कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँद, साँफेबगर नगरपालिकाका आई.टि. अफिसर अम्बर बहादुर बोहरा, साँफेबगर नगरपालिका वडा नं.३ का वडा सदस्य नृप बहादुर कुँवर, पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, साँफेबगर नगरपालिकाका प्रसासन सहायक सम्झना पुरी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया