ताजा अपडेट
इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीको उद्धार, स्वदेश फर्किन दुई सय जनाभन्दा धेरैको रजिष्ट्रेशन
काठमाण्डाै - इजरायलको जोखिमयुक्त क्षेत्रबाट लगभग सबै नेपालीलाई सुरक्षित ठाउँमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्वन्द्व प्रभावित क्षेत्रबाट सम्पर्कमा आएका सबै नेपालीको उद्धार गरी सुरक्षित ठाउँमा सारिएको इजरायलको तेल अबिबमा रहेको नेपाली दूतावासले जानकारी दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सुरिक्षत ठाउँमा छन् । युद्धका कारण भयभित भएका उनीहरुलाई संयमता अपनाउन पनि लम्सालको आग्रह छ । स्वदेश फर्किन चाहनेहरुका लागि तथ्याङ्क सङ्कलनको काम भइरहेको छ ।
सरकारले पहिलो प्राथमिकतामा राखेर इजरायल सरकारसँग समन्वय गरेर उनीहरुलाई स्वदेश फर्काउन काम थालिसकेको पनि उहाँले बताउनुभयो । अहिलेसम्म दुई सयभन्दा धेरैले नेपाल फर्किन अनलाइन रजिष्ट्रेशन भरेका छन् ।
नेपाल फर्कन इच्छुकहरूको स्वदेश फिर्तीका लागि दूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग समन्वय भइरहेको छ । नेपाल फर्किन इच्छुक नेपालीले दूतावासको वेबसाइटमा राखिएको लिङ्कमा क्लिक गरी रजिष्ट्रेशन भर्न सक्ने छन् ।
इजरायलमा प्रविधिको पहुँच रहेकाले अनलाइन रजिष्ट्रेशन गर्न नेपालीलाई समस्या नहुने पनि मन्त्रालयको भनाइ छ । रजिष्ट्रेशन सम्बन्धी थप जानकारी आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ । रजिष्ट्रेशनको काम सकिएपछि नेपालबाट विमान पठाएर उनीहरुलाई ल्याउने सरकारको तयारी छ ।
यस्तै, दूतावासले इजरायलमा भएका नेपालीलाई संयमित एवम् सतर्क भइ दूतावाससँग आवश्यक समन्वय र सहयोग गर्न पनि आग्रह गरेको छ । यस्तै, बेपत्ता भएका एक जना नेपाली विद्यार्थीको पनि खोजी भइरहेको दूतावासले जनाएको छ ।
दूतावासले घाइते भएका चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको जनाएको छ । यस्तै, ज्यान गुमाएका १० जना विद्यार्थीकोे शव नेपाल ल्याउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवम् सहकार्य थालेको पनि जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया