Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २६ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

साँफेबगर नगरपालिकाद्वारा एयरपोर्ट बजार अनुगमन

साँफेबगर नगरपालिकाद्वारा एयरपोर्ट बजार अनुगमन

साँफेबगर नगरपालिका वडा नं. ४ एयरपोर्ट बजारमा अनुगमन गरीएको छ । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा अनुगमन गरीएको हो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, केहि पसल दर्ता नभएका पाईएको छ । 

अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिनुभएको थियो । नगरप्रमुख कुँवरले उपभोक्ताहरुलाई पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नु भएको थियो । अनुगमनका क्रममा नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले व्यवसायीहरुलाई करको दायरामा आएर व्यवसाय गर्न निर्देशन दिनुभएको थियो ।चाँडपर्वका बेलामा स्थानीय उपभोक्तालाई झुक्याएर कमसल र म्याद गुज्रेका खाद्य बस्तुको बिक्री वितरण बढी हुने गरेका कारण नगरपालिकाले अनुगमन गरेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

’साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा गरीएको अनुगमनमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष नबराज बुढा, साँफेबगर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष हिक्मत कडायत, साँफे एयरपोर्ट बजार व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर कुँवर, करदाता सेवा कार्यालय साँफेबगरका कर अधिकृत डिल्लीराज पनेरु, करदाता सेवा कार्यालय साँफेबगरका नायब सुब्बा हिरा मणि जोशि, ईलाका प्रहरि कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँद, साँफेबगर नगरपालिकाका आई.टि. अफिसर अम्बर बहादुर बोहरा, पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, साँफेबगर नगरपालिकाका प्रसासन सहायक सम्झना पुरी लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया