Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगर नगरपालिकाद्वारा एयरपोर्ट बजार अनुगमन

साँफेबगर नगरपालिकाद्वारा एयरपोर्ट बजार अनुगमन

साँफेबगर नगरपालिका वडा नं. ४ एयरपोर्ट बजारमा अनुगमन गरीएको छ । साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा अनुगमन गरीएको हो । अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि नटाँसिएको, साइन बोर्ड नराखेको, केहि पसल दर्ता नभएका पाईएको छ । 

अनुगमनका क्रममा साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिनुभएको थियो । नगरप्रमुख कुँवरले उपभोक्ताहरुलाई पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नु भएको थियो । अनुगमनका क्रममा नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले व्यवसायीहरुलाई करको दायरामा आएर व्यवसाय गर्न निर्देशन दिनुभएको थियो ।चाँडपर्वका बेलामा स्थानीय उपभोक्तालाई झुक्याएर कमसल र म्याद गुज्रेका खाद्य बस्तुको बिक्री वितरण बढी हुने गरेका कारण नगरपालिकाले अनुगमन गरेको नगर प्रमुख कुँवरले बताउनुभयो ।

’साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको संयोजकत्वमा करदाता सेवा कार्यालय साँफेबगर र साँफेबगर नगरपालिकाको संयुक्त टोलिद्धारा गरीएको अनुगमनमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष नबराज बुढा, साँफेबगर नगरपालिका वडा नं.७ का वडा अध्यक्ष हिक्मत कडायत, साँफे एयरपोर्ट बजार व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर कुँवर, करदाता सेवा कार्यालय साँफेबगरका कर अधिकृत डिल्लीराज पनेरु, करदाता सेवा कार्यालय साँफेबगरका नायब सुब्बा हिरा मणि जोशि, ईलाका प्रहरि कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँद, साँफेबगर नगरपालिकाका आई.टि. अफिसर अम्बर बहादुर बोहरा, पत्रकार महासंघ अछामका उपाध्यक्ष गिता कुँवर, साँफेबगर नगरपालिकाका प्रसासन सहायक सम्झना पुरी लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया