Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०२ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन सरकारलाई समितिको निर्देशन

इजरायलमा ज्यान गुमाएका नेपालीको शव छिटो ल्याउन सरकारलाई समितिको निर्देशन

काठमाडौं : इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ। 

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन निर्देशन दिएको हो। ​

मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजि गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्ताको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्ताको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए। 

समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्वआँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।

​समितिले विदेशस्थित कूटनीतिक नियोगहरूलाई श्रोत, साधनसहित सक्षम बनाउन समेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया