ताजा अपडेट
भारतकाे सिक्किममा आएकाे बाढीमा परि इलामका १० जना बेपत्ता भएकाे आशङ्का
इलाम - भारतकाे सिक्किममा आएकाे बाढी परि इलामका १० जना बेपत्ता भएका आशङ्का गरिएकाे छ । इलाम नगरपालिका-९ का उनीहरु सिक्किममा बाढी आएकाे दिन असाेज १७ गते बुधवारदेखि सम्पर्कविहीन भएका हुन् ।
बेपत्ता हुनेहरुमा इलाम नगरपालिका–९ का सानु भनिने सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत, कुमार बस्नेतलगायत रहेका छन् ।
उनीहरुका आफन्तले नेपाल सरकारसमक्ष खाेजीका लागि आग्रह गरेका इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयाे ।
पाेखरेलले उनीहरु बेपत्ता भएका जानकारी आएकाे बताउनु भएकाे छ । बाढीप्रभावित सिक्किममा पुग्न कठिन भएकाे र उनीहरुकाे खाेजीका लागि समस्या भएकाे उहाँले बताउनु भयाे ।
उहाँले बेपत्ताहरुकाे खाेजीका लागि सिक्किमका सुरक्षाकर्मीसँग कुराकानी भइरहेकाे जानकारी दिनुभयाे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया