ताजा अपडेट
नेपाल एअरलाइन्सकाे जहाज आज राति इजरायल जाँदै
काठमाण्डाै – इजरायलमा रहेका नेपालीकाे उद्धारका लागि नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) काे जहाज आज राति ११ बजे त्यसतर्फ जाने भएकाे छ ।
नेपाल एअरलाइन्सको जहाज आज राति ११ बजे उड्ने र दुबई 'ट्रान्जिट' हुँदै इजरायल पुग्ने परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिनुभयो ।
यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने ठाउँमा प्यालेस्टिनी विद्राेही समूह हमासको आक्रमणमा परि 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत इजरायल गएकामध्ये १० जना नेपाली विद्यार्थी मारिएका थिए ।
यसैगरी आक्रमणमा परेर सम्पर्कविहीन भएका कञ्चनपुर महेन्द्रनगरका विपिन जोशीको खोजी भइरहेकाे छ । इजरायलमा रहेकाे नेपाली दूतावासले आक्रमणपछि सकुशल अवस्थामा उद्धार गरिएका विपिनसँगै बस्दै आएका एक विद्यार्थीमार्फत विभिन्न अस्पतालमा खोजी गरिरहेको जनाएको छ ।
दूतावासले आज बुधवार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया