ताजा अपडेट
राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
नेपाली क्रिकेट टिमका महत्त्वपूर्ण सदस्य सन्दीप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट सिरिजबाट नाम फिर्ता लिएका छन् ।
घरेलु मैदानमा हुने प्रतियोगिता आउन केही समय बाँकी रहेका बेला सन्दीपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएका हुन् । उनले सामाजिक सञ्जालमा लेख्दै तत्कालका लागि आफू कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफू गुज्रिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपूर्ण समय रहेको छ, ‘मैले आफूलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु ।’
सर्वोच्चमा विचाराधीन रहेको सन्दीपको मुद्दाको अन्तिम सुनुवाइ बारम्बार सर्दै आएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया