ताजा अपडेट
मनाङ एअरकाे हेलिकप्टर दुर्घटनामा पाइलट घाइते, उपचारका लागि काठमाण्डाै पठाइँदै
साेलुखुम्बु - मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लाेबुचेमा दुर्घटना भएको छ । हेलिकप्टर दुर्घटना हुँदा पाइलट प्रकाश सेढाईँ घाइते हुनुभएको छ ।
बिहान लुक्लाबाट पर्यटक लिन लाेबुचे उडेको मनाङ एअरको नाइन एनएनजे कलसाइन भएको हेलिकप्टर लाेबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो । प्रत्यक्षदर्शी मिङ्मार नुरु शेर्पाका अनुसार बिहान ७ बजेर २५ मिनेटमा हेलिप्याडमै हेलिकप्टर दुर्घटना भएको हो ।
हेलिकप्टरमा पाइलट सेढाईं मात्रै रहनुभएकाे सीमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजन कुमारी बर्देवाले जानकारी दिनुभयो । घाइते पाइलटलाई फिस्टेल एअरको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाण्डौको हेम्स अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताउनुभयो ।
४ हजार ९ सय मिटरको उचाइमा रहेको हेलिप्याडमा अवतरणका क्रममा दुर्घटना भएको हेलिकप्टरमा आगो लागेको देखिएको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया