Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इजरायली हवाई आक्रमणमा १३ बन्धकको ज्यान गएको हमासको दाबी

इजरायली हवाई आक्रमणमा १३ बन्धकको ज्यान गएको हमासको दाबी

गाजामा इजरायली हवाई आक्रमणमा हमासले कब्जामा लिएका कम्तीमा १३ जना बन्धकको ज्यान गएको हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले जनाएको छ ।

उत्तरी गाजा र गाजा सहरभित्र इजरायली आक्रमणमा परि विदेशी र इजरायलीको ज्यान गएको एक विज्ञप्तिमा भनिएको छ । उत्तरी गाजा पट्टीमा ६ जनाको र गाजा सहरका अन्य छुट्टाछुट्टै ठाउँमा सात जनाको ज्यान गएको दाबी गरिएको छ ।

इजरायली सेनाले बिहीवार राति गाजा पट्टीमा भूमिगत सुरुङ, सैन्य परिसर र घरहरू, हतियार डिपोहरू तथा सञ्चार कक्षहरूसहित लगभग ७ सय ५० ठाउँ लक्षित आक्रमणको घोषणा गरेको छ । इजरायली सेनाको निर्देशन पछि गाजाको उत्तरी क्षेत्रका बासिन्दाहरु दक्षिणी गाजातर्फ लागेका छन् ।

इजरायली सेनाले गाजाको उत्तरी क्षेत्रमा आक्रमण गर्ने भन्दै त्यहाँका झण्डै ११ लाख मानिसलाई २४ घण्टाभित्र दक्षिणी गाजामा जान निर्देशन दिएको थियो । हमासले इजरायलमा आक्रमण गरेको आज एक हप्ता भएको छ । हमास र इजरायली सेनाबीच युद्ध चर्किँदै गएको छ ।

हमासको आक्रमणमा इजरायलतर्फ एक हजार ३ सयभन्दा धेरैको ज्यान गएको छ भने इजरायली सेनाको आक्रमणमा झण्डै एक हजार आठ सय जना प्यालेस्टिन मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।

प्रतिक्रिया