Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

मंगलसेन ६ मा ६ जनालाई स्क्रब टाईफस रोग देखियो ।।

मंगलसेन ६  मा ६ जनालाई स्क्रब टाईफस रोग देखियो ।।

कमल रावल, भदौ २ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा स्क्रब टाईफस रोग देखा परेको छ । वडाका केहि टोलमा यो रोख देखिएको वडा कार्यालयले जनाएको छ । मुसाको जुम्रा अर्थात किन्नाको टोकाईबाट लाग्ने रोग हालसम्म वडाका ६ जनामा देखा परिसकेको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

विभिन्न टोलका ६ जनामा स्क्रब टाईफस र १ जनामा डेगु नै देखिएको जानकारी दिनु भयो । यसरी वडामा रोग देखिएपछि वडाले जनहीतका लागि अनुरोध नै संञ्चार माध्यामबाट जारी गरेको छ । यसबाट बच्नका लागि खेतीवारीमा काम गर्दा, वन जगंल झाडीमा जादा तथा घास काट्न जादाँ पुरा शरिर ढाकीने कपडा लगाउने संम्भव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न हुन बडा बासी दाजु भाई तथा बहीनीमा वडा अध्यक्ष भण्डारीले अपिल गर्नु भएको छ ।

१०४ डिग्री भन्दा बढि ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिने, कालो दाग बस्ने यस रोगका मुख्य लक्षण भएका चिकित्सकले बताएका छन । त्यसपछि समयै उपचार नभएमा कडा खालको स्वास प्रस्वास समस्या जस्तै दम बढ्नु, सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुने बताईएको छ ।

प्रतिक्रिया