Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

मंगलसेन ६ मा ६ जनालाई स्क्रब टाईफस रोग देखियो ।।

मंगलसेन ६  मा ६ जनालाई स्क्रब टाईफस रोग देखियो ।।

कमल रावल, भदौ २ अछाम

मंगलसेन नगरपालिका वडा नम्बर ६ मा स्क्रब टाईफस रोग देखा परेको छ । वडाका केहि टोलमा यो रोख देखिएको वडा कार्यालयले जनाएको छ । मुसाको जुम्रा अर्थात किन्नाको टोकाईबाट लाग्ने रोग हालसम्म वडाका ६ जनामा देखा परिसकेको वडा अध्यक्ष जनकराज भण्डारीले बताउनु भयो ।

विभिन्न टोलका ६ जनामा स्क्रब टाईफस र १ जनामा डेगु नै देखिएको जानकारी दिनु भयो । यसरी वडामा रोग देखिएपछि वडाले जनहीतका लागि अनुरोध नै संञ्चार माध्यामबाट जारी गरेको छ । यसबाट बच्नका लागि खेतीवारीमा काम गर्दा, वन जगंल झाडीमा जादा तथा घास काट्न जादाँ पुरा शरिर ढाकीने कपडा लगाउने संम्भव भए बुट लगाउने, घासबारी वा चौरमा बस्दा गुद्री वा दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, सकेसम्म घासवारी र चौरमा नबस्ने, चउर, बारी, घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको बृद्धि विकास नहुने वातावरणको सिर्जना गर्न हुन बडा बासी दाजु भाई तथा बहीनीमा वडा अध्यक्ष भण्डारीले अपिल गर्नु भएको छ ।

१०४ डिग्री भन्दा बढि ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरिरका मुख्य अंगहरुले काम गर्न छोड्ने, किराले टोकेको ठाँउमा रातो डावर जस्तो देखिने, कालो दाग बस्ने यस रोगका मुख्य लक्षण भएका चिकित्सकले बताएका छन । त्यसपछि समयै उपचार नभएमा कडा खालको स्वास प्रस्वास समस्या जस्तै दम बढ्नु, सास फेर्न गाह्रो भई विरामी सिकिस्त समेत हुने बताईएको छ ।

प्रतिक्रिया