Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

धनगढीः दशैं आएसँगै भारतमा रोजगारी गरेर फर्कने नेपालीहरुको सीमानाकामा लर्को देखिने गरेको छ। रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर फर्कने गरेका छन्। सुदूरपश्चिमसँग सीमा नाका जोडिएका क्षेत्रबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु चाडपर्व नजिकिएसँगै धमाधम स्वदेश फर्कन थालेका छन्। कैलालीको गौरीफन्ट, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट, दार्चुलाको पुलघाट र जोलाजिमी नाका भएर सुदूरपश्चिम फर्कनेको एक महिनायता लर्को नै लागेको छ। कैलालीको गौरीफन्टा र त्यसपछि कञ्चनपुर गड्डाचौकी नाका भएर सुदूरपश्चिम फर्कनेको संख्या सबैभन्दा उच्च देखिएको हो।

२६ दिनको अवधिमा मात्र करिब ८ हजारको संख्यामा यी पाँचवटा नाका भएर भारतका विभिन्न सहरबाट विद्यार्थीदेखि श्रमिकसम्म सुदूरपश्चिम प्रवेश गरेको तथ्यांक छ। चाडपर्व नजिकिएसँगै हाल दैनिक एक हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलग्न गरेको विवरण अनुसार असोज २६ गते सम्म ७ हजार ६ सय ८० नेपाली सुदूरपश्चिम प्रवेश गरेका छन्।

महान चाड वडा दसैँ नजिकिएसँगै स्वदेश फर्किने नेपालीको सीमा नाकामा लर्को लाग्न थालेको छ। सुदूरपश्चिममा २६ दिनको अवधिमा कैलालीको गौरीफन्टा नाका भएर पाँच हजार ६ सय ७७ जना स्वदेश फर्किएका छन्। त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाका भएर एक हजार ८ सय ९९ र बैतडीको जुलाघाट नाका भएर एक सय ४ जना सुदूरपश्चिम प्रवेश गरेको तथ्यांक छ।

चाडपर्वका बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साथै भारतबाट स्वदेश फर्किने नेपालीलाई लक्षित गरेर सीमा नाकामा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ।

प्रतिक्रिया