Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

भारतबाट सुदूरपश्चिम फर्किनेको लर्को, २६ दिनमा करिब ८ हजार भित्रिए

धनगढीः दशैं आएसँगै भारतमा रोजगारी गरेर फर्कने नेपालीहरुको सीमानाकामा लर्को देखिने गरेको छ। रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैंमा घर फर्कने गरेका छन्। सुदूरपश्चिमसँग सीमा नाका जोडिएका क्षेत्रबाट स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ।

कामको खोजीमा भारतका विभिन्न सहर पसेकाहरु चाडपर्व नजिकिएसँगै धमाधम स्वदेश फर्कन थालेका छन्। कैलालीको गौरीफन्ट, कञ्चनपुरको गड्डाचौकी, बैतडीको जुलाघाट, दार्चुलाको पुलघाट र जोलाजिमी नाका भएर सुदूरपश्चिम फर्कनेको एक महिनायता लर्को नै लागेको छ। कैलालीको गौरीफन्टा र त्यसपछि कञ्चनपुर गड्डाचौकी नाका भएर सुदूरपश्चिम फर्कनेको संख्या सबैभन्दा उच्च देखिएको हो।

२६ दिनको अवधिमा मात्र करिब ८ हजारको संख्यामा यी पाँचवटा नाका भएर भारतका विभिन्न सहरबाट विद्यार्थीदेखि श्रमिकसम्म सुदूरपश्चिम प्रवेश गरेको तथ्यांक छ। चाडपर्व नजिकिएसँगै हाल दैनिक एक हजारको संख्यामा नेपालीहरु स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले संकलग्न गरेको विवरण अनुसार असोज २६ गते सम्म ७ हजार ६ सय ८० नेपाली सुदूरपश्चिम प्रवेश गरेका छन्।

महान चाड वडा दसैँ नजिकिएसँगै स्वदेश फर्किने नेपालीको सीमा नाकामा लर्को लाग्न थालेको छ। सुदूरपश्चिममा २६ दिनको अवधिमा कैलालीको गौरीफन्टा नाका भएर पाँच हजार ६ सय ७७ जना स्वदेश फर्किएका छन्। त्यस्तै कञ्चनपुरको गड्डाचौकी नाका भएर एक हजार ८ सय ९९ र बैतडीको जुलाघाट नाका भएर एक सय ४ जना सुदूरपश्चिम प्रवेश गरेको तथ्यांक छ।

चाडपर्वका बेला सीमा नाकाबाट आवतजावत गर्ने नागरिकहरूको सुरक्षा, सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि, चोरी डकैती, लुटपाट जस्ता घटनाहरू हुन नदिन सुरक्षाकर्मीलाई सजग बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। साथै भारतबाट स्वदेश फर्किने नेपालीलाई लक्षित गरेर सीमा नाकामा प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेर काम गरिरहेको छ।

प्रतिक्रिया