Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कञ्चनपुरका विपीन इजरायलमा अझै बेपत्ता

कञ्चनपुरका विपीन इजरायलमा अझै बेपत्ता

धनगढीः इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन्।

पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन्। शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन्। नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। 

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए। सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए। हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए। अर्को भने पड्केको थियो। 

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन्। हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन्। उस (विपिन जोशी)लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन्।

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा–३ वीरेन्द्र चौधरीसहित २५३ जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर गाउँ पुगिसकेको छ। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जोशीको स्थिति अझै अज्ञात रहेको बताइन्।

प्रतिक्रिया