Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

कञ्चनपुरका विपीन इजरायलमा अझै बेपत्ता

कञ्चनपुरका विपीन इजरायलमा अझै बेपत्ता

धनगढीः इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी एक सातादेखि बेपत्ता छन्।

पहिलो आक्रमणमा घाइते अवस्थाका चारमध्ये एकजना स्वदेश फर्केका छन् भने तीनजना इजरायलमै उपचाररत छन्। शुक्रबार स्वदेश फर्केका विद्यार्थी तथा त्यहीँ उपचाररत विद्यार्थीले जोशीलाई थाई नागरिकहरूसँगै हमास समूहले कब्जामा लिएको बताएका छन्। नेपाली दूतावासले जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। 

अघिल्लो शनिबार बिहान हमास समूहले गरेको ग्रिनेड आक्रमणमा चारजना नेपाली विद्यार्थी घाइते भए। सल्यानका विधान सेजवाल, दाङका रविन डाँगी, कैलालीका धनबहादुर चौधरी र गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका थिए। हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा जोशीले समाएर बाहिर फालेका थिए। अर्को भने पड्केको थियो। 

जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन्। हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन्। उस (विपिन जोशी)लाई दुई तीनजना थाईसँग होस्टेज बनाएर प्यालेस्टाइनतर्फ लिएर गएको मैले देखेको छु,’ कट्टेलले भनेका छन्।

त्यही समूहमा रहेका सल्यानको त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी र कैलालीको भजनी त्रिशक्ति नगरपाकिा–३ वीरेन्द्र चौधरीसहित २५३ जनाको विद्यार्थी टोली शुक्रबार स्वदेश फर्केर गाउँ पुगिसकेको छ। इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले जोशीको स्थिति अझै अज्ञात रहेको बताइन्।

प्रतिक्रिया