Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आफ्नै सेवा सुविधा बाट नगर प्रमुखले बाँडे टुहुरा बालबालिकालाई दसैं खर्च

आफ्नै सेवा सुविधा बाट नगर प्रमुखले बाँडे टुहुरा बालबालिकालाई दसैं खर्च

साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दसैं खर्च उपलब्ध गराएका छन्। नगरपालिकाका -१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दसैं खर्च उपलब्ध गराएका हुन्।

नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन् । एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन् । 

नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दसैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए । उनले भने, ‘मेरो पालिकाभित्रका टुहुरा बालबालिकाको अभिभावक म हुँ। त्यसैले मेरा बालबालिकाको हेरविचार मैले गर्नुपर्छ । मेरो कार्यकाल रहँदासम्म मेरो सेवा सुविधाबाट हरेक दसैंमा आर्थिक सहयोग गर्नेछु । दसैं दशा कसैको पनि नबनोस् ।’

उनले आफूले पाउने सेवा सुविधा यस्तैखालका सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया