ताजा अपडेट
नेपाली सेना श्री गोरख बक्स गण द्वारा अछाम जिल्लामा फुलपाती भित्र्याईयो
नेपाली सेना श्री गोरख बक्स गण, नेपाल प्रहरी र स्थानियहरुद्वारा बढाई सहित अछाम जिल्ला मंगलसेन स्थित सोडसादेवी मन्दिर र सान्निकोटदेवी मन्दिरमा विधिपुर्वक पुजाआजा गरी केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ति र उखु लगायतका लहरा पात अनि विभिन्न प्रकारको फुल-पातहरुले मिश्रित “फुलपाती” आ-आफ्नो दशैँ घरहरुमा भित्राईएको छ ।
नेपालको संस्कृति, धर्म, परम्पराको जगेर्ना गर्नुको साथै शक्तिपिठहरुलाई सम्मान अर्पण गर्न तथा सैनिक नागरिक सम्बन्ध सुमधुर बनाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानियहरु बाजागाजा सहित नगर परिक्रमा गरी सोडसादेवी मन्दिर र सान्निकोट देवी मन्दिरमा पुगी नेपाली सेना र नेपाल प्रहरीद्वारा सलामी अर्पण समेत गरेको थियो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल, प्रमुख सेनानी जनक सिल्वाल, प्रहरी नायव उपरीक्षक सन्तोष पाठकको उपस्थिति रहेको थियो । साथै, स्थानिय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सोडसादेवी मन्दिर व्यवस्थापन समिति र भुतपूर्व नेपाली सैनिकले स्थानिय बाजागाजाको सहितको टोलीको व्यवस्थापन गरेको थियो ।




सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया