Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

चौरपाटी गाउँपालिकामा पालिका स्तरिय भलिबल प्रतियोगिता सुरु

चौरपाटी गाउँपालिकामा पालिका स्तरिय भलिबल प्रतियोगिता सुरु

अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा आयोजना गरीएको पालिका स्तरिय भलिबल प्रतियोगिता आज समुद्धघाटन गरीएको छ । कार्तिक १७ गतेदेखि १९ गते सम्म हुने भएको सो प्रतियोगितामा ८ वटा टिम बिच खेल हुने भएको छ ।


प्रतियोगिताको उद्दघाटन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेसका महामन्त्रि एवम् सुदूरपश्चिम प्रदेस सभा सदस्य माननिय मेघराज खड्काले खेल क्षेत्रको बिकासमा यसरी गाँउ गाँउमा हुने प्रतियोगिताले महत्वपूर्ण योगदान दिएको बताउनु भयो । उहाँले खेल क्षेत्रको विकासका लागि सरकारको लगानी प्रयाप्त नभए प्रदेस तहले आवश्यक सहयोग गर्ने बताउनुभयो  । 

विशिष्ट अतिथीको आसनबाट बोल्दै जिल्ला विकास समिती अछामका पुर्व सभापति एवम् नेपाली कांग्रेसका महासमिती सदस्य भरत कुमार स्वाँरले पहिले सर्वाधिक खेलिने भलिबल खेल अहिले अहिले कहिले कहिँ मात्र देख्न पाउँदा भलिबल प्रति नयाँ पुस्ताको चाँसो घट्यो कि भनेर चिन्ता व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रममा विशिष्ट अतिथीको आसनबाट बोल्दै चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साँउदले चौरपाटि गाउँपालिका पालिका भरीका खेलाडिहरुको क्षमतम अभिवृद्धिका लागि हर सम्भव प्रयासमा लागिपरेको बताउनुभयो । 

चौरपाटि गाउँपालिका भित्रका ८ वटा टिम सहभागि भएको भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ४० हजार नगद र मेडल सहित प्रमाणपत्र, दोस्रो हुनेले ३० हजार नगद र मेडल सहित प्रमाणपत्र तथा तेस्रो हुने टिमले २० हजार नगद र मेडल सहित प्रमाणपत्र पुरस्कार पाउने छन् ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कैलाली जिल्ला कार्य समिति सदस्य गायिका पशुपति खनालले आफ्नो कला प्रदर्शन गरि सम्पुर्णको मनोरञ्जन गराउनुभएको थियो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेसका महामन्त्रि एवम् सुदूरपश्चिम प्रदेस सभा सदस्य माननिय मेघराज खड्का द्धारा समुद्धघाटन गरिएको कार्यक्रमको अध्यक्षता चौरपाटी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तुल बहादुर साँउदले गर्नुभएको थियो भने कार्यक्रमका विशिष्ट अतिथी जिल्ला विकास समिती अछामका पुर्व सभापति एवम् नेपाली कांग्रेसका महासमिती सदस्य भरत कुमार स्वाँर चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साँउद रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धन बहादुर थापाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन चौरपाटी गाउँपालिकाका शिक्ष शाखा प्रमखु एवम् चौरपाटी गाउँपालिकाका खेलकुद विकास समितीका सदस्य सचिव रामचन्द्र जोशिले गर्नुभएको थियो ।

प्रतिक्रिया