Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

चौरपाटी गाउँपालिकाद्वारा आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिता सम्पन्न

चौरपाटी गाउँपालिकाद्वारा कार्तिक १७ गते देखि १९ गते सम्म आयोजित पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर २ सोकटले जितेको छ । आईतबार भएको फाइनल खेलमा वडा नम्बर २ सोकटले वडा नम्बर १ सिउँडिलाई हराउँदै उपाधि हात पारेको हो ।प्रतियोगिताको तेस्रो गाउँपालिकाका कर्मचारीहरुको टिम र चौथो वडा नं. ६ दुनि भएको थियो ।

प्रतियोगिताको विजेता वडा नम्बर २ सोकटले नगद ४० हजार रुपैयाँ, ट्रफि, मेडल तथा प्रमाण–पत्र र उपविजेताले नगद ३० हजार रुपैयाँ ट्रफि, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेको थियो । यसैगरी तेस्रो हुने टिमले २० हजार नगद ट्रफि, मेडल सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको थियो भने सान्वना हुने टिमले ट्रफि, मेडल सहित प्रमाणपत्र पुरस्कार प्राप्त गरेको थियो ।  यसैगरी खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरे बापत चक्र साउँद उत्कृष्ट खेलाडी छनिए । बेस्ट स्पाइकर जनक बि.क. बेस्ट सेटर मनिष बि.क., बेस्ट लिब्रो कर्ण शाहले ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।        

चौरपाटी गाउँपालिकाका ८ वटा टिमको सहभागि भएको खेलको समापन एक कार्यक्रमका बिच गरीएको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरि गित प्रतिष्ठान कैलाली जिल्ला कार्य समिति सदस्य गायिका पशुपति खनालले आफ्नो कला प्रदर्शन गरि सम्पुर्णको मनोरञ्जन गराउनुभएको थियो ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेसका महामन्त्रि एवम् सुदूरपश्चिम प्रदेस सभा सदस्य माननिय मेघराज खड्का प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता चौरपाटी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तुल बहादुर साँउदले गर्नुभएको थियो कार्यक्रमका विशिष्ट अतिथी चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साँउद रहनुभएको थियो भने कार्यक्रम सञ्चालन चौरपाटी गाउँपालिकाका शिक्ष शाखा प्रमखु एवम् चौरपाटी गाउँपालिकाका खेलकुद विकास समितीका सदस्य सचिव रामचन्द्र जोशिले गर्नुभएको थियो ।        

प्रतिक्रिया

ट्रेन्डिङ