Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

धनगढीको एनडब्लुएले पायो जापानमा ‘उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेज अवार्ड’

धनगढीको एनडब्लुएले पायो जापानमा ‘उत्कृष्ट होटेल म्यानेजमेन्ट कलेज अवार्ड’

पोखरा विश्व बिद्यालयद्वारा सम्बंन्धन प्राप्त धनगढीको नेपाल वस्र्टन एकेडेमी (एनडब्लुए) ले उत्कृट होटल म्यानेजमेन्ट कलेज २०२३ बाट सम्मानित हुदै अवार्ड पाएको छ ।

जापानको राजधानी टोकियोमा आयोजना गरिएको एक कार्यक्रममा ‘कलेज रिडर्स’ नामक संस्थाले एनडब्लुए कलेजका अध्यक्ष शैलेशकुमार सिंहले अवार्ड पाएका हुन् ।

अवार्ड ग्रहण गर्दे कलेजका अध्यक्ष सिहंले हजारौँ कलेजहरुका विच अन्र्तंराष्ट्रिय स्तरमा आयोजित कार्यक्रममा संस्थाले सम्मान गर्दा अन्त्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । उनले भने—‘निरन्तरको मिहनेत, विद्यार्थी, अभिभावक तथा व्यवहारीक शिक्षाका लागी क्याम्पस व्यवस्थापनको लगावका कारण त्यसको प्रतिफल पाएका छौँ’ ।

अध्यक्ष सिंहले सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अफ दि ईयर २०२३ उपाधिले अगामी दिनहरुमा गुणस्तरीय शिक्षा दिनका लागि थप जिम्मेवारी बढेको बताए । अवार्ड प्राप्तिको श्रेय कलेजका कार्यरत कर्मचारी, प्राध्यापक र बिद्यार्थीहरुलाई जाने भन्दै उंनले सबै बधाईको पात्र भएको भन्दै खुशी व्यक्त गरे ।

उत्कृट शैक्षिक क्रियाकलापका साथै विद्यार्थीहरुको क्षमता र प्रयोगात्मक गतिबिधिमा कलेज व्यवस्थापनले खेलेको भूमिकालाई मुख्य आधार बनाइ अवार्ड प्रदान गरिएको बताइएको छ । हाल कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विध्यार्थीहरु विश्वका विभिन्न तारे होटलहरुमा “पेड इन्र्टनसिप” कार्यक्रम अन्र्तगत काम गरिरहेका छन् । कार्यक्रममा जापानका लागि नेपाली राजदुत डा.दुर्गा बहादुर सुबेदी, प्रतिनिधि सभाका सांसद टि.एल.चौधरी, एनआरएन जापानका अध्यक्ष नबिन न्युरे लगायत थुप्रै शिक्षाविदहरुको उपस्थिती रहेको थियो ।

शैक्षिक गुणस्तर, सुबिधा सम्पन्न भौतिक पूर्वाधार, विश्व बिद्यालयमै उत्कृस्ट नतिजा, सुबिधा सम्पन्न ल्याबहरु, समयमै बिदेशका पाचतारे होटेल तथा रिसोर्टमा पेड इन्टरन्सिपको ब्यबस्थापन र होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका पाँचतारे होटेलमा जब प्लेसमेन्ट लगायतका सुचकहरुलाई आधार बनाएर उक्त अवार्ड दिइएको बताईएको छ ।

करिब १४ बर्ष अघिदेखि ब्यबस्थापन संकाय अन्तर्गत बि.एच.एम. र बि.बि.ए–बि.आई कार्यक्रममा पढाई हुने सुदूरपश्चिमकै पहिलो र एकमात्र यस कलेजले बिद्यार्थीको चाहना अनुसार समय सुहाउँदो सिकाइ प्रणाली अवलम्बन गर्ने, हरेक बिधार्थीलाई नेतृत्वदायी भूमिकामा पुग्न सक्षम बनाउने साथै स्किल डेभलपमेन्ट हुने खालका अतिरिक्त क्रियाकलाप सन्चालनमा बढी जोडदिने भएकोले यस प्रदेश बाट बि.एच.एम पढ्नका लागि काठमाडौं तथा अन्य देश जानुपर्ने बाध्यताको अन्त्य गरेको छ । ब्याचलर तहमा बि.एच.एम.विद्यार्थीको पहिलो रोजाई बनेको छ ।

प्रतिक्रिया