Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु

चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु

चीनको उत्तर-पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढी जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

चिनियाँ सञ्चार माध्यमका अनुसार, सोमबार मध्यराति गन्जु प्रदेश केन्द्रबिन्दु भएर भूकम्प गएको हो। अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन्। यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका कारण पनि उद्धारमा कठिनाइ भइरहेको जनाएको छ। अहिले यो क्षेत्रको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियसको हाराहारीमा रहेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।

भूकम्पले ठूलठूला भवनमा क्षति पुगेको छ। थुप्रै भौतिक संरचनामा क्षति पुगेको जनाएको छ। जसले गर्दा बिजुली र पानीको आपूर्ति पनि अवरुद्ध भएको छ।

दुई महीनाअघि पनि चीनमा भूकम्प गएको थियो। सिचुआन प्रान्तमा गएको ६.६ म्याग्नेच्युडको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।

चीनमा सबैभन्दा ठूलो भूकम्प सन् १९२० मा यही क्षेत्र केन्द्रबिन्दु भएर गएको थियो। त्यतिवेला दुई लाख चिनियाँले ज्यान गुमाएका थिए।
 

प्रतिक्रिया