Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, १९ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु

चीनमा भूकम्प, सयभन्दा बढीको मृत्यु

चीनको उत्तर-पश्चिमी क्षेत्रमा गएराति गएको भूकम्पमा परी एक सयभन्दा बढी जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते भएका छन्।

चिनियाँ सञ्चार माध्यमका अनुसार, सोमबार मध्यराति गन्जु प्रदेश केन्द्रबिन्दु भएर भूकम्प गएको हो। अमेरिक भूगर्भ विभाग (यूएसजीएस)का अनुसार ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको गहिराइ १० किलोमिटर रहेको जनाइएको छ।

भूकम्पमा परी १११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ। त्यस्तै, २२० जना घाइते भएका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन्। राष्ट्रपति सीले खोज र उद्धारमा सम्पूर्ण शक्ति लगाउन भनेका छन्। घाइतेको ज्यान जोगाउन समयमै उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएका छन्।

भूकम्प गएको क्षेत्र चीनको दुर्गम क्षेत्र पर्छ। सबै प्रदेशमध्ये यो गरीब प्रदेश रहेको छ। जसले गर्दा पनि उद्धारमा कठिनाइ भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले भत्किएका घरमा पुरिएका नागरिकको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएका छन्। यो क्षेत्र मंगोलियाको सीमासँग जोडिएको छ। चिसोका कारण पनि उद्धारमा कठिनाइ भइरहेको जनाएको छ। अहिले यो क्षेत्रको न्यूनतम तापक्रम माइनस १३ डिग्री सेल्सियसको हाराहारीमा रहेको चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।

भूकम्पले ठूलठूला भवनमा क्षति पुगेको छ। थुप्रै भौतिक संरचनामा क्षति पुगेको जनाएको छ। जसले गर्दा बिजुली र पानीको आपूर्ति पनि अवरुद्ध भएको छ।

दुई महीनाअघि पनि चीनमा भूकम्प गएको थियो। सिचुआन प्रान्तमा गएको ६.६ म्याग्नेच्युडको भूकम्पमा परी ६० जनाको मृत्यु भएको थियो।

चीनमा सबैभन्दा ठूलो भूकम्प सन् १९२० मा यही क्षेत्र केन्द्रबिन्दु भएर गएको थियो। त्यतिवेला दुई लाख चिनियाँले ज्यान गुमाएका थिए।
 

प्रतिक्रिया

ट्रेन्डिङ