Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आइपिएल अक्सन आज, बढीमा ७७ खेलाडी मात्र बिक्री हुने

आइपिएल अक्सन आज, बढीमा ७७ खेलाडी मात्र बिक्री हुने

इण्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं सिजनको मिनी अक्सन आज हुँदैछ । अक्सन दुबईमा दिउँसो १ः१५ बजेदेखि सुरु  हुनेछ ।

आइपिएलका १० फ्रेन्चाइजीले अक्सन सूचीबाट बढीमा ७७ खेलाडी अनुबन्ध गर्नेछन् । यसपटक अक्सनको सर्ट लिस्टमा कुल ३ सय ३३ खेलाडी रहेका छन् ।  

अक्सनमा सबैभन्दा बढी रकम गुजरात टाइटन्ससँग रहेको छ । उसँग ३८ करोड १५ लाख भारु रहेको छ । यसपटक सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्ससँग छ । उसँग अक्सनमा १३ करोड १५ भारुमा मात्र रहेको छ । 

यस्तै, कोलकाता नाइट राइडर्समा सबैभन्दा बढी १२ खेलाडीका लागि ठाउँ खाली छ । आइपिएलमा हाल १० टोली छन् । सबै फ्रेन्चाइजीहरूले आफ्नो टोलीमा १८ देखि २५ खेलाडीहरू राख्न पाउँछन् । जसमा बढीमा ८ विदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्छ ।   

आइपिएल अक्सनमा कुल १ हजार १६६ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा ८३० भारतीय र ३३६ विदेशी खेलाडी थिए । सबै खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो । जसमध्ये १० टोलीले ३ सय ३३ खेलाडी खरिद गर्न चासो देखाए ।   

तीमध्ये ३३३ मध्ये २१४ भारतीय र ११९ विदेशी खेलाडी छन् । विदेशी खेलाडीमध्ये २ खेलाडी एसोसिएट देशका पनि छन् । ३३३ मध्ये ११८ अन्तर्राष्ट्रिय र २१५ अनक्याप्ड खेलाडी छन् । अनक्याप्ड भन्नाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू नगरेका खेलाडीलाई बुझिन्छ । जसमा यू–१९ र घरेलु क्रिकेटका खेलाडी पर्छन् । 

यसपटक पनि केही नेपाली खेलाडीले आइपिएल अक्सनमा नाम दर्ता गराएका थिए । तर, अक्सनको अन्तिम सूचीमा भने कुनै पनि नेपाली खेलाडी अटाएनन् । 

हालसम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन् । उनले सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आइपिएलमा डेब्यू गरेका थिए । २०२२ सम्म दिल्लीमा रहेका सन्दीप त्यसपछि भने आइपिएलमा बिक्री हुन सकेका छैनन् ।  

प्रतिक्रिया