Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

आइपिएल अक्सन आज, बढीमा ७७ खेलाडी मात्र बिक्री हुने

आइपिएल अक्सन आज, बढीमा ७७ खेलाडी मात्र बिक्री हुने

इण्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं सिजनको मिनी अक्सन आज हुँदैछ । अक्सन दुबईमा दिउँसो १ः१५ बजेदेखि सुरु  हुनेछ ।

आइपिएलका १० फ्रेन्चाइजीले अक्सन सूचीबाट बढीमा ७७ खेलाडी अनुबन्ध गर्नेछन् । यसपटक अक्सनको सर्ट लिस्टमा कुल ३ सय ३३ खेलाडी रहेका छन् ।  

अक्सनमा सबैभन्दा बढी रकम गुजरात टाइटन्ससँग रहेको छ । उसँग ३८ करोड १५ लाख भारु रहेको छ । यसपटक सबैभन्दा कम रकम लखनऊ सुपर जायन्ट्ससँग छ । उसँग अक्सनमा १३ करोड १५ भारुमा मात्र रहेको छ । 

यस्तै, कोलकाता नाइट राइडर्समा सबैभन्दा बढी १२ खेलाडीका लागि ठाउँ खाली छ । आइपिएलमा हाल १० टोली छन् । सबै फ्रेन्चाइजीहरूले आफ्नो टोलीमा १८ देखि २५ खेलाडीहरू राख्न पाउँछन् । जसमा बढीमा ८ विदेशी खेलाडीलाई अनुबन्ध गर्नुपर्छ ।   

आइपिएल अक्सनमा कुल १ हजार १६६ खेलाडीले नाम दर्ता गराएका थिए । जसमा ८३० भारतीय र ३३६ विदेशी खेलाडी थिए । सबै खेलाडीको नाम फ्रेन्चाइज टोलीलाई पठाइएको थियो । जसमध्ये १० टोलीले ३ सय ३३ खेलाडी खरिद गर्न चासो देखाए ।   

तीमध्ये ३३३ मध्ये २१४ भारतीय र ११९ विदेशी खेलाडी छन् । विदेशी खेलाडीमध्ये २ खेलाडी एसोसिएट देशका पनि छन् । ३३३ मध्ये ११८ अन्तर्राष्ट्रिय र २१५ अनक्याप्ड खेलाडी छन् । अनक्याप्ड भन्नाले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू नगरेका खेलाडीलाई बुझिन्छ । जसमा यू–१९ र घरेलु क्रिकेटका खेलाडी पर्छन् । 

यसपटक पनि केही नेपाली खेलाडीले आइपिएल अक्सनमा नाम दर्ता गराएका थिए । तर, अक्सनको अन्तिम सूचीमा भने कुनै पनि नेपाली खेलाडी अटाएनन् । 

हालसम्म नेपालबाट स्पिनर सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन् । उनले सन् २०१८ मा दिल्ली क्यापिटल्सबाट आइपिएलमा डेब्यू गरेका थिए । २०२२ सम्म दिल्लीमा रहेका सन्दीप त्यसपछि भने आइपिएलमा बिक्री हुन सकेका छैनन् ।  

प्रतिक्रिया