ताजा अपडेट
आईपीएलमा स्टार्क र कमिन्स बने सबैभन्दा महँगा खेलाडी
अस्ट्रेलियाका बायाँहाते तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को महँगा खेलाडी बनेका छन्।
आज दुबईमा भएको खेलाडीको लिलामीमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारु (करीब ४० करोड नेपाली रुपैयाँ)मा किनेको हो। कोलकाता नाइट राइडर्स बलिउड अभिनेता शाहरुख खानको क्लब हो।
कोलकाताले २४.७५ करोडमा किनेसँगै स्टार्क आईपीएलको इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि बनेका छन्। ३३ वर्षीय स्टार्कको यस पटकको न्यूनतम मूल्य दुई करोड भारु थियो।
पछिल्लो पटक सन् २०१८ मा स्टार्क आईपीएलमा सहभागी थिए। कोलकाताले नै उनलाई ९.४ करोड भारुमा किनेको थियो। यद्यपि चोटका कारण उनले प्रतियोगिता खेल्न पाएनन्। त्यसअघि उनले सन् २०१५ को आईपीएल रोयल च्यालेन्जर्स ब्याङलोरको तर्फबाट खेलेका थिए।
यस्तै, आईपीएलको यस संस्करणमा अस्ट्रेलियाकै तीव्र गतिका बलर प्याट कमिन्स दोस्रो सर्वाधिक महँगा खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदराबादले २०.५० करोड भारु (३२ करोड ८० लाख नेपाली रुपैयाँ)मा किनेको हो।
सन् २०२३ को एकदिवसीय विश्वकप विजेता टोलीका कप्तान कमिन्सलाई किन्न ब्याङलोरले पनि सक्दो कोशिश गरेको थियो। यद्यपि हैदराबादले नै बाजी मार्यो। यस पटक कमिन्सको पनि न्यूनतम मूल्य दुई करोड भारु नै थियो।
कमिन्स आईपीएल इतिहासकै दोस्रो महँगा खेलाडी पनि हुन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया