Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

आईपीएलमा स्टार्क र कमिन्स बने सबैभन्दा महँगा खेलाडी

आईपीएलमा स्टार्क र कमिन्स बने सबैभन्दा महँगा खेलाडी

अस्ट्रेलियाका बायाँहाते तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को महँगा खेलाडी बनेका छन्।

आज दुबईमा भएको खेलाडीको लिलामीमा स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोड भारु (करीब ४० करोड नेपाली रुपैयाँ)मा किनेको हो। कोलकाता नाइट राइडर्स बलिउड अभिनेता शाहरुख खानको क्लब हो।

कोलकाताले २४.७५ करोडमा किनेसँगै स्टार्क आईपीएलको इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि बनेका छन्। ३३ वर्षीय स्टार्कको यस पटकको न्यूनतम मूल्य दुई करोड भारु थियो।

पछिल्लो पटक सन् २०१८ मा स्टार्क आईपीएलमा सहभागी थिए। कोलकाताले नै उनलाई ९.४ करोड भारुमा किनेको थियो। यद्यपि चोटका कारण उनले प्रतियोगिता खेल्न पाएनन्। त्यसअघि उनले सन् २०१५ को आईपीएल रोयल च्यालेन्जर्स ब्याङलोरको तर्फबाट खेलेका थिए।

यस्तै, आईपीएलको यस संस्करणमा अस्ट्रेलियाकै तीव्र गतिका बलर प्याट कमिन्स दोस्रो सर्वाधिक महँगा खेलाडी बनेका छन्। उनलाई सनराइजर्स हैदराबादले २०.५० करोड भारु (३२ करोड ८० लाख नेपाली रुपैयाँ)मा किनेको हो।

सन् २०२३ को एकदिवसीय विश्वकप विजेता टोलीका कप्तान कमिन्सलाई किन्न ब्याङलोरले पनि सक्दो कोशिश गरेको थियो। यद्यपि हैदराबादले नै बाजी मार्‍यो। यस पटक कमिन्सको पनि न्यूनतम मूल्य दुई करोड भारु नै थियो।

कमिन्स आईपीएल इतिहासकै दोस्रो महँगा खेलाडी पनि हुन्।
 

प्रतिक्रिया