ताजा अपडेट
प्रशासनमा नागरिकता बनाउनेको भीड
अछाम : जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ। दैनिक ६० देखि ७० जना नागरिकता बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए ।
नागरिकता बनाउने अधिकांश भारतबाट जिल्ला फर्किएका रहेको उनले बताए । कोरोनाका कारण रोजगार गुमाएर गाउँ फर्किएका अहिले नागरिकता बनाउन प्रशासन आउन थालेपछि भीड बढेको सहायक प्रजिअ यादवले बताए ।
उनले भने, 'नागरिकता बनाउने धेरै जस्तो भारतबाट आएका छन्, कहिलेकाहीँ ८० देखि ९० जनासम्म नागरिकता बनाउन आउने गरेका छन्, वर्षाका कारण बाटो अवरुद्ध हुँदा अझै नागरिकता बनाउन आउन पाएका छैनन्,यसले गर्दा कोरोनो जोखिम पनी उत्तिकै बढेको छ ।'
सजगता अपनाएर सेवा दिइरहेको यादवले बताए । जिल्लामा पनि समुदायस्तरमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण खिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अछामले सेवालाई आलोपालो गर्दै आएको छ।प्रशासन कार्यालयमा हुने भीडभाड कम गर्न जिल्ला भरीका सेवाग्राहीलाई सेवा दिन बार तोकिएको छ ।
जिल्लाको साँफेबगर नगरपालिकाका सेवाग्राहीका लागी आइतबार तोकेको छ । यसैगरी ढकारी र तुर्माखाद गाउँपालिकाका लागि सोमबार, मेल्लेख रामारोशन गाउँपालिकाका लागि मंगलबार, कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाका लागि बुधबार, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकाका लागि बिहीबार र मंगलसेन नगरपालिकाका सेवाग्राहीका लागि शुक्रबार तोकेको छ । अन्नपुर्ण पोष्ट
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया