Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रशासनमा नागरिकता बनाउनेको भीड

प्रशासनमा नागरिकता बनाउनेको भीड

अछाम : जिल्ला प्रशासन कार्यालय अछाममा नागरिकता बनाउनेको भीड लाग्न थालेको छ। दैनिक ६० देखि ७० जना नागरिकता बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्द किशोर यादवले जानकारी दिए ।

नागरिकता बनाउने अधिकांश भारतबाट जिल्ला फर्किएका रहेको उनले बताए । कोरोनाका कारण रोजगार गुमाएर गाउँ फर्किएका अहिले नागरिकता बनाउन प्रशासन आउन थालेपछि भीड बढेको सहायक प्रजिअ यादवले बताए ।

उनले भने, 'नागरिकता बनाउने धेरै जस्तो भारतबाट आएका छन्, कहिलेकाहीँ ८० देखि ९० जनासम्म नागरिकता बनाउन आउने गरेका छन्, वर्षाका कारण बाटो अवरुद्ध हुँदा अझै नागरिकता बनाउन आउन पाएका छैनन्,यसले गर्दा कोरोनो जोखिम पनी उत्तिकै बढेको छ ।'

सजगता अपनाएर सेवा दिइरहेको यादवले बताए । जिल्लामा पनि समुदायस्तरमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण खिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय अछामले सेवालाई आलोपालो गर्दै आएको छ।प्रशासन कार्यालयमा हुने भीडभाड कम गर्न जिल्ला भरीका सेवाग्राहीलाई सेवा दिन बार तोकिएको छ । 

जिल्लाको साँफेबगर नगरपालिकाका सेवाग्राहीका लागी आइतबार तोकेको छ । यसैगरी ढकारी र तुर्माखाद गाउँपालिकाका लागि सोमबार, मेल्लेख रामारोशन गाउँपालिकाका लागि मंगलबार, कमलबजार र पञ्चदेवल बिनायक नगरपालिकाका लागि बुधबार, बान्नीगढी जयगढ र चौरपाटी गाउँपालिकाका लागि बिहीबार र मंगलसेन नगरपालिकाका सेवाग्राहीका लागि शुक्रबार तोकेको छ ।  अन्नपुर्ण पोष्ट 

प्रतिक्रिया