Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

मन्त्रालयको कोठामा विद्युत् शर्ट भएर आगलागी, सिंहदरबारमा खैलाबैला !

सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको एक कोठामा विद्युत् शर्ट भएर आगलागी भएपछि बुधवार एकछिन खैलाबैला मच्चिएको छ ।

बुधवार दिउँसो साढे २ बजेको समयमा वन मन्त्रालयमा आगलागीको हल्ला फैलिएको थियो । मन्त्रालयको चौथो तलामा रहेको प्राविधिक उपसचिव परशुराम पौडेलको कोठामा विद्युत् शर्ट भएर आगलागी भएको थियो । काठमा जोडिएको विद्युत मल्टिप्लगमा आगो लागेको थियो । 

शर्ट सर्किटको गन्ध फैलिएपछि कर्मचारीहरूबीच एकछिन भागदौड मच्चिएको थियो । त्यसपछि ४ सय १० नम्बरको कोठा खोल्दा धुँवैधुवाँले भरिएको थियो । पौडेल भने बुधवार कार्यकक्षमा थिएनन् । 

 

तत्कालै नियन्त्रणमा लिइएका कारण कुनै क्षति भने भएको छैन । धेरै हिटर एकसाथ बालिएका कारण तार जलेर आगो सल्केको एक कर्मचारीले बताए । 

जाडोको समयमा सिंहदरबारस्थित मन्त्रालयका प्रायः कोठामा हिटर बाल्ने गरेको पाइन्छ ।

प्रतिक्रिया