ताजा अपडेट
हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति-प्रधानमन्त्रीको तस्बिर हटाएर किराँती राजा यलम्बरको राखे
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ)ले आफ्नो कार्यकक्षबाट प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएका छन्। बिहीबार मेयर साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर किराँती राजा यलम्बरको फोटो टाँगेका छन्।
मेयर साम्पाङले बुधबार सामाजिक सञ्जालमा लेखेका थिए, ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु! जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु! जय देश।’
यलम्बर किरातीहरूको पहिलो राजा हुन्। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति संस्कार संस्कृति जोगाउने कार्य गरेका थिए। दुई दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत धरानलाई स्वतन्त्र राज्य बनाउने धम्कीसमेत दिएका मेयर साम्पाङको पछिल्लो समय उग्रवादी फेसबुक पोस्टहरू आइरहेका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया