Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारी इपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए। 

उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट एक जना र गोली लागेर एक अर्का गरी दुई जनाको मृत्यु भएको छ। प्रहरीले मन्त्रीको गाडीमा आगजनी भएको घटनाको अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

मध्यान्ह १२ बजेतिर एक्कासी डिउटीमा रहेका प्रहरीमाथि ढुंगामुडा प्रहार भएकोमा प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा ससस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ।

त्यसपछि आक्रोशित भिड तितरबितर गर्न अश्रु ग्याँस प्रहार गर्दा भिड तितरबितर भई बालकुमारीतर्फ जाँदै क्रममा सोही आक्रोशित भिडले मन्त्री ज्वाला चढेको बा.२. झ ५८६१ नम्बरको गाडी रोकेर टायरबाट हावा फुस्काइ आगजनी गरेको प्रहरीले बताएको छ। 

सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआएपछि टियर ग्यास, रवर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणबाहिर गएकोमा भीडलाई थप नियन्त्रण गर्न बल प्रयोग गर्दा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहलाई गोली लागेको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। 

यस्तै दैलेखको महावु गाउँपालिकाका २३ वर्षीय सुजन रावत भागदौडको क्रममा घाइते भइ किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। तर सुजनका आफन्तले प्रहरीको कुटपिटबाट घाइते भएको बताएका छन्।

प्रतिक्रिया