Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

बालकुमारी घटना: अनुसन्धानका लागि ७३ जना प्रहरी नियन्त्रणमा

शुक्रबार बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ। 

शुक्रबार बिहान ८ बजेदेखि ललितपुरको बालुकमारी इपीएस कार्यालय अगाडि रोजगार अनुमति प्रणाली परीक्षामा सहभागिताको विषयमा प्रदर्शन गर्न पुगेका युवाहरुले मन्त्री ज्वाला सवार गाडीमा आगजनी गरेका थिए। 

उक्त घटना उग्र बनेपछि प्रहरीको कुटपिटबाट एक जना र गोली लागेर एक अर्का गरी दुई जनाको मृत्यु भएको छ। प्रहरीले मन्त्रीको गाडीमा आगजनी भएको घटनाको अनुसन्धानका लागि ७३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

मध्यान्ह १२ बजेतिर एक्कासी डिउटीमा रहेका प्रहरीमाथि ढुंगामुडा प्रहार भएकोमा प्रहरी नायब उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा ससस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएको जनाएको छ।

त्यसपछि आक्रोशित भिड तितरबितर गर्न अश्रु ग्याँस प्रहार गर्दा भिड तितरबितर भई बालकुमारीतर्फ जाँदै क्रममा सोही आक्रोशित भिडले मन्त्री ज्वाला चढेको बा.२. झ ५८६१ नम्बरको गाडी रोकेर टायरबाट हावा फुस्काइ आगजनी गरेको प्रहरीले बताएको छ। 

सामान्य बल प्रयोग गर्दासमेत स्थिति नियन्त्रणमा नआएपछि टियर ग्यास, रवर बुलेट प्रहार गर्दा पनि स्थिति नियन्त्रणबाहिर गएकोमा भीडलाई थप नियन्त्रण गर्न बल प्रयोग गर्दा अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय वीरेन्द्र शाहलाई गोली लागेको प्रहरीले जनाएको छ। उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो। 

यस्तै दैलेखको महावु गाउँपालिकाका २३ वर्षीय सुजन रावत भागदौडको क्रममा घाइते भइ किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। तर सुजनका आफन्तले प्रहरीको कुटपिटबाट घाइते भएको बताएका छन्।

प्रतिक्रिया