Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

पार्टी कार्यालका लागि एमाले गण्डकीले १० करोडमा घर किन्ने

पार्टी कार्यालका लागि एमाले गण्डकीले १० करोडमा घर किन्ने

नेकपा (एमाले) गण्डकीले प्रदेश कमिटीले पार्टी कार्यालय प्रयोजनका लागि १० करोडमा घर खरिद् गर्ने भएको छ।

प्रदेश कमिटीको शुक्रबार बसेको बैठकले १० करोडमा घर खरिद् गर्न १५ लाख बैना दिइसकेको सचिव धनन्जय दवाडीले जानकारी दिए।

‘प्रदेश कमिटीले यसअघि नै सदस्यहरूबाट लेबी उठाएर पार्टी कार्यालय बनाउने निर्णय गरेको थियो,’ उनले भने, ‘अस्ति बसेको बैठकले १० करोडमा घर खरिद् गर्ने निर्णय गरेको हो। पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य खगराज अधिकारीलगायत नेताहरू भएर घर हेरेका थियौं। प्रदेश कमिटीले त्यसलाई अन्तिम रूप दिएको हो।’

उनले पोखरा महानगरपालिका–८ सिर्जनाचोकभन्दा केही माथि घर खरिद् गर्न लागेको बताए। घरधनी पर्यटनसँग सम्बन्धित व्यवसायी रहेको पनि उनले बताए।

गण्डकीमा ६३ हजार ५४७ जना पार्टी सदस्य छन्। उनीहरूबाट पाँच–पाँचसय उठाउने निर्णय पनि यसअघि नै भइसकेको दवाडीले बताए।

त्यसबाट ३ करोड १७ लाख ७३ हजार उठ्ने र बाँकी रकम सुभेच्छुकहरूसँग उठाएर पुर्‍याउने लक्ष्य रहेको उनले बताए।

 

‘पार्टी सदस्यलाई न्यूनतम पाँच सय रूपैयाँ दिन भनेका छौं। इच्छुकले त्योभन्दा बढी पनि दिन सक्नुहुन्छ,’ उनले भने।

माघभित्र जनसंगठन, चैतभित्र जिल्ला कमिटीका अधिवेशन सक्न निर्देशन
प्रदेश कमिटीको बैठकले माघभित्र जनसंगठनका अधिवेशन गर्न निर्देशन दिएको उनले बताए। त्यस्तै चैत मसान्तभित्र जिल्ला अधिवेशन गरिसक्न निर्देशन दिएको पनि सचिव दवाडीले जानकारी दिए।

एमाले गण्डकीले ४० प्रतिशतभन्दा मुनिका कमिटीका सदस्यहरूलाई कार्यशाला गोष्ठी चलाउने भएको छ। उनीहरूको नेतृत्व विकासमा सघाउ पुर्‍याउने ध्येयले कार्यशाला गर्न लागेको दवाडीले बताए।

एमाले गण्डकीको १५५ सदस्यीय कमिटीमा ४० वर्षमुनिका २३ जना छन्। त्यस्तै ४०देखि ६० वर्ष उमेर समूहका १११ जना र २१ जना ६० वर्षभन्दा माथिको उमेर समूहका रहेको उनले बताए।

बैठकले १५५ जना सदस्यकै कार्यविभाजन गरेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया