Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०९ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आज दिनभर

आज दिनभर

शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन मापदण्ड बनाएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको हो । हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन प्राथमिकता दिने मापदण्ड बनाइएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरूलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

गत शुक्रबार रुसले एकै दिन युक्रेनमा १२० वटा क्षेप्यास्त्र हान्यो । युक्रेनमाथि रुसले ‘अहिलेसम्मकै धेरै’ मिसाइल प्रहार गरेको दिन यो नै हो । उक्त आक्रमणमा कम्तीमा ४० जना युक्रेनी मारिए । सो आक्रमणको भोलिपल्टै हिजो शनिबार भने युक्रेनले पनि रुसी शहर बेल्गोरोदमा आक्रमण गर्‍यो । युक्रेनी सीमानजिकैको रुसी शहर बेल्गोरोदमा युक्रेनी अक्रमणबाट २१ रुसी नागरिकको मृत्यु भएको छ, मारिनेमा ३ बालबालिका पनि छन् ।

प्रतिक्रिया