Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आज दिनभर

आज दिनभर

शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।

स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

नेपाली कांग्रेसले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार बनाउन मापदण्ड बनाएको छ । तीन दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवार चयनका लागि मापदण्ड बनाएको हो । हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउन प्राथमिकता दिने मापदण्ड बनाइएको हो ।

ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा पक्राउ परेका ७३ जनालाई प्रहरीले रिहा गरेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत कोरिया जान भाषा परीक्षाको आवेदन भर्न पाउनुपर्ने माग राख्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका उनीहरूलाई छाडिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

गत शुक्रबार रुसले एकै दिन युक्रेनमा १२० वटा क्षेप्यास्त्र हान्यो । युक्रेनमाथि रुसले ‘अहिलेसम्मकै धेरै’ मिसाइल प्रहार गरेको दिन यो नै हो । उक्त आक्रमणमा कम्तीमा ४० जना युक्रेनी मारिए । सो आक्रमणको भोलिपल्टै हिजो शनिबार भने युक्रेनले पनि रुसी शहर बेल्गोरोदमा आक्रमण गर्‍यो । युक्रेनी सीमानजिकैको रुसी शहर बेल्गोरोदमा युक्रेनी अक्रमणबाट २१ रुसी नागरिकको मृत्यु भएको छ, मारिनेमा ३ बालबालिका पनि छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ