Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहत दिने भएको छ। 

गाउँकार्यपालिको बुधबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले बताए। साउँदका अनुसार मृतक वीरेन्द्रको शोकमा चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन्। चौरपाटी गाउँपालिका-१ सिउडी निवासी टेकबहादुर शाह र दुर्गा देवी शाहका वीरेन्द्र कान्छा सन्तान थिए। 

पुस १३ गते कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (इपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो। प्रहरीको बल प्रयोगबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो। वीरेन्द्र र सुजनको दुवै जनाको मंगलबार गृह जिल्लामा अन्त्यष्टि गरिएको थियो। 

प्रतिक्रिया