Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्रको परिवारलाई चौरपाटीले डेढलाख राहत दिने, पालिकामा आज शोक बिदा

प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहत दिने भएको छ। 

गाउँकार्यपालिको बुधबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई डेढ लाख राहत दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले बताए। साउँदका अनुसार मृतक वीरेन्द्रको शोकमा चौरपाटी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन्। चौरपाटी गाउँपालिका-१ सिउडी निवासी टेकबहादुर शाह र दुर्गा देवी शाहका वीरेन्द्र कान्छा सन्तान थिए। 

पुस १३ गते कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (इपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो। प्रहरीको बल प्रयोगबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो। वीरेन्द्र र सुजनको दुवै जनाको मंगलबार गृह जिल्लामा अन्त्यष्टि गरिएको थियो। 

प्रतिक्रिया

ट्रेन्डिङ