ताजा अपडेट
राष्ट्रिय सभा चुनावमा १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय
नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टीबाट १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले रिक्त हुने १९ पदमै उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।
‘पार्टी कमिटीबाट आएका नामहरूका बारेमा छलफल गर्यौं। क-कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘अहिले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय भएको छ।’
राष्ट्रिय सभा चुनावमा प्रमुख प्रतिपक्षी एमालेलाई पनि समेटेर जान सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सकारात्मक भएको चर्चा चलेको थियो।
अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल पनि गरेका थिए।उक्त छलफलमा अध्यक्ष ओलीले आफूहरूलाई राष्ट्रिय सभामा ६ सिट चाहिने बताएका थिए। तर सत्तापक्ष जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले एमालेलाई सिट दिन नहुने अडान सत्ता गठबन्धन बैठकमा राखेका थिए।
अध्यक्ष ओलीले प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग भएका कुराबारे शुक्रबार सचिवालय बैठकमा बिफ्रिङ गरेका थिए।
‘प्रधानमन्त्रीबाट राष्ट्रिय सभामा समेट्ने प्रस्ताव आएको थियो। टिआरसीमा सहमति गर्ने गरी मिलौं भन्ने प्रस्ताव थियो,’ ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर कुनै ठोस खाकासहितको प्रस्ताव नभएकोले स्वीकार्न सकिएन।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया