Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

राष्ट्रिय सभा चुनावमा १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय

राष्ट्रिय सभा चुनावमा १९ सिटमै उम्मेदवारी दिने एमालेको निर्णय

नेकपा (एमाले) ले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा पार्टीबाट १९ वटै सिटमा उम्मेदवार उठाउने निर्णय गरेको छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकले रिक्त हुने १९ पदमै उम्मेदवार उठाउने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले सेतोपाटीलाई जानकारी दिए।

‘पार्टी कमिटीबाट आएका नामहरूका बारेमा छलफल गर्‍यौं। क-कसलाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिसकेको छैन,’ उनले भने, ‘अहिले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय भएको छ।’

राष्ट्रिय सभा चुनावमा प्रमुख प्रतिपक्षी एमालेलाई पनि समेटेर जान सत्ताघटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सकारात्मक भएको चर्चा चलेको थियो।

अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल पनि गरेका थिए।उक्त छलफलमा अध्यक्ष ओलीले आफूहरूलाई राष्ट्रिय सभामा ६ सिट चाहिने बताएका थिए। तर सत्तापक्ष जनता समाजवादी र नेकपा एकीकृत समाजवादीले एमालेलाई सिट दिन नहुने अडान सत्ता गठबन्धन बैठकमा राखेका थिए।

अध्यक्ष ओलीले प्रधानमन्त्री र कांग्रेस सभापति देउवासँग भएका कुराबारे शुक्रबार सचिवालय बैठकमा बिफ्रिङ गरेका थिए।

‘प्रधानमन्त्रीबाट राष्ट्रिय सभामा समेट्ने प्रस्ताव आएको थियो। टिआरसीमा सहमति गर्ने गरी मिलौं भन्ने प्रस्ताव थियो,’ ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तर कुनै ठोस खाकासहितको प्रस्ताव नभएकोले स्वीकार्न सकिएन।’

प्रतिक्रिया

ट्रेन्डिङ