Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ। 

शनिबार बिहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए।

अनौपचारिक रुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा काँग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ। तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन्। 

शनिबार साँझ बैठक नसकिदै एकीकृत समाजवादीका नेताहरू बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान फेरि बस्ने गरी गठबन्धनको बैठक बोलाएका छन्। 

शनिबार साँझ बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटका विषयमा लगभग सहमति भएको बताए। ‘अहिलेको छलफलले लगभग सहमतिनजिक पुगेका छौँ। आइतबार विहान सबै कुरा मिल्छ, त्यसपछि सोमबार हामी उम्मेदवारको मनोनयन गर्छोँ,’लेखकको दाबी थियो। उनले अब अन्य दलहरूसँग गठबन्धनको सम्भावना भने टरेको बताएका थिए। 

तर एकीकृत समाजवादी नेता राजेन्द्रप्रसाद पाण्डेले भने शनिबारको छलफलमा कुनै सहमति नभएको बताए।‘अहिले केही कुरा मिलेको छैन। आइतबार फेरि छलफल हुन्छ,’उनको भनाइ थियो। 

एकीकृत समाजवादीले ४ सिटमा दाबी गरेको थियो। तर गठबन्धनमा दुई सिट मात्रै पाउने भएपछि नेताहरूले असन्तुष्टि जनाएका छन्। गठबन्धनमा १३ सिट दाबी गरेको काँग्रेसले सबैलाई मिलाएर लैजान तयार रहेको प्रमुख सचेतक लेखकले दाबी गरे। 

‘हामीले १३ सिटमा दाबी गरेको हो। देशभरिको हाम्रो मतदाताको संख्या र केन्द्रमा पनि काँग्रेसको उपस्थितिले हामीले त्यो दाबी गरेका हौँ। तर फेरि सबैलाई मिलाएर जाने कुरामा तयार छौँ,’उनले भने। 

सत्ता गठबन्धनकै दलहरू लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि एक-एक सिटमा दाबी गरेका थिए। तर प्रमुख दलहरूले मतभारका आधारमा गठबन्धन हुने भन्दै चार दलका बीचमा मात्रै भागबण्डा गर्ने तयारी गरेका छन्। 

सिट बाँडफाँट बारे टुंगो लगाउन अहिले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ। आजको बैठकले सिटको टुंगो लगाउने र सोमबार विहानसम्म उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गर्ने दलहरूको तयारी छ।

प्रतिक्रिया