Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट, गठबन्धनको बैठक बस्दै

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन दलले सिट बाँडफाँट गरेपनि नेकपा एकीकृत समाजवादी भने असन्तुष्ट बनेको छ। 

शनिबार बिहानदेखि छलफलमा जुटेका सत्ता गठबन्धन दलहरूले अब एमालेसहित अन्य कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गर्दै १९ सिटको भागबण्डा गरेका थिए।

अनौपचारिक रुपमा अहिलेको भएको भागबण्डामा १० सिटमा काँग्रेस, ६ सिटमा माओवादी केन्द्र, २ सिटमा नेकपा एकीकृत समाजवादी र १ सिटमा जसपाले उम्मेदवारी दिने तय भएको छ। तर एकीकृत समाजवादीका नेताहरू भने असन्तुष्ट देखिएका छन्। 

शनिबार साँझ बैठक नसकिदै एकीकृत समाजवादीका नेताहरू बैठकबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान फेरि बस्ने गरी गठबन्धनको बैठक बोलाएका छन्। 

शनिबार साँझ बैठकपछि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सिट बाँडफाँटका विषयमा लगभग सहमति भएको बताए। ‘अहिलेको छलफलले लगभग सहमतिनजिक पुगेका छौँ। आइतबार विहान सबै कुरा मिल्छ, त्यसपछि सोमबार हामी उम्मेदवारको मनोनयन गर्छोँ,’लेखकको दाबी थियो। उनले अब अन्य दलहरूसँग गठबन्धनको सम्भावना भने टरेको बताएका थिए। 

तर एकीकृत समाजवादी नेता राजेन्द्रप्रसाद पाण्डेले भने शनिबारको छलफलमा कुनै सहमति नभएको बताए।‘अहिले केही कुरा मिलेको छैन। आइतबार फेरि छलफल हुन्छ,’उनको भनाइ थियो। 

एकीकृत समाजवादीले ४ सिटमा दाबी गरेको थियो। तर गठबन्धनमा दुई सिट मात्रै पाउने भएपछि नेताहरूले असन्तुष्टि जनाएका छन्। गठबन्धनमा १३ सिट दाबी गरेको काँग्रेसले सबैलाई मिलाएर लैजान तयार रहेको प्रमुख सचेतक लेखकले दाबी गरे। 

‘हामीले १३ सिटमा दाबी गरेको हो। देशभरिको हाम्रो मतदाताको संख्या र केन्द्रमा पनि काँग्रेसको उपस्थितिले हामीले त्यो दाबी गरेका हौँ। तर फेरि सबैलाई मिलाएर जाने कुरामा तयार छौँ,’उनले भने। 

सत्ता गठबन्धनकै दलहरू लोसपा,जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि एक-एक सिटमा दाबी गरेका थिए। तर प्रमुख दलहरूले मतभारका आधारमा गठबन्धन हुने भन्दै चार दलका बीचमा मात्रै भागबण्डा गर्ने तयारी गरेका छन्। 

सिट बाँडफाँट बारे टुंगो लगाउन अहिले बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल हुँदैछ। आजको बैठकले सिटको टुंगो लगाउने र सोमबार विहानसम्म उम्मेदवारको टुंगो लगाएर मनोनयन दर्ता गर्ने दलहरूको तयारी छ।

प्रतिक्रिया