Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौपाटि गाउँपालिकाद्धारा स्वर्गिय वीरेन्द्र शाहको परिवारलाई घोषणा गरेको रकम हस्तान्तरण

चौपाटि गाउँपालिकाद्धारा स्वर्गिय वीरेन्द्र शाहको परिवारलाई घोषणा गरेको रकम हस्तान्तरण

काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले घोषण गरे बमोजिमका डेढ लाख राहत रकम हस्तान्तरण गरेको छ । 

गाउँपालि अध्यक्ष भीमबहादुर साउँदले कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई डेढ लाख राहत दिने निर्णय गरे बमोजिम आईतबार आफै मृतक शाहको घरमै पुगेर घोषण गरे बमोजिमको चेक हस्तान्तरण गर्नुभएको छ । स्वर्गिय वीरेन्द्र शाह का बुवा  टेकबहादुर शाहलाई चेक हस्तान्तरण गरीएको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले हाम्रो बुलेटिनलाई बताउनु भयो । स्वर्गिय वीरेन्द्र शाह चौरपाटी गाउँपालिका–१ सिउडी निवासी टेकबहादुर शाह र दुर्गा देवी शाहका कान्छा सन्तान थिए । 

पुस १३ गते कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (इपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो । प्रहरीको बल प्रयोगबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो। वीरेन्द्र र सुजनको दुवै जनाको मंगलबार गृह जिल्लामा अन्त्यष्टि गरिएको थियो ।
 

प्रतिक्रिया