ताजा अपडेट
चौपाटि गाउँपालिकाद्धारा स्वर्गिय वीरेन्द्र शाहको परिवारलाई घोषणा गरेको रकम हस्तान्तरण
काठमाण्डौको बालकुमारीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले घोषण गरे बमोजिमका डेढ लाख राहत रकम हस्तान्तरण गरेको छ ।
गाउँपालि अध्यक्ष भीमबहादुर साउँदले कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकको परिवारलाई डेढ लाख राहत दिने निर्णय गरे बमोजिम आईतबार आफै मृतक शाहको घरमै पुगेर घोषण गरे बमोजिमको चेक हस्तान्तरण गर्नुभएको छ । स्वर्गिय वीरेन्द्र शाह का बुवा टेकबहादुर शाहलाई चेक हस्तान्तरण गरीएको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउँदले हाम्रो बुलेटिनलाई बताउनु भयो । स्वर्गिय वीरेन्द्र शाह चौरपाटी गाउँपालिका–१ सिउडी निवासी टेकबहादुर शाह र दुर्गा देवी शाहका कान्छा सन्तान थिए ।
पुस १३ गते कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै रोजगार अनुमति प्रणाली (इपीएस)को ग्वार्कोस्थित कार्यालय बाहिर युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर वीरेन्द्रको मृत्यु भएको थियो । प्रहरीको बल प्रयोगबाट दैलेखका सुजन रावतको मृत्यु भएको थियो। वीरेन्द्र र सुजनको दुवै जनाको मंगलबार गृह जिल्लामा अन्त्यष्टि गरिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया