Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ८८ अर्ब कर उठाउने लक्ष्य

राजस्व प्रशासनले पर्खिएको पुस मसान्त, एकै महिनामा एक खर्ब ८८ अर्ब कर उठाउने लक्ष्य

सरकारले पुस महिनामा मात्रै एक खर्ब ८८ अर्ब रूपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। यो वर्ष १४ खर्ब २२ अर्ब रूपैयाँको राजस्व लक्ष्यमा पुसमा मात्रै १३ प्रतिशतभन्दा धेरै उठाउने गरी लक्ष्य निर्धारण गरिएको हो।

यो महिनाको लागि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई एक खर्ब १० अर्ब दुई करोड रूपैयाँको राजस्व उठाउने लक्ष्य तोकेको छ। त्यस्तै, भन्सार विभागलाई ५४ अर्ब ४४ करोड रूपैयाँकाे लक्ष्य दिएको छ। यो महिना गैर कर राजस्व २३ अर्ब ५० करोड रूपैयाँ उठाउने लक्ष्य राखिएको छ।

पुस १ गतेदेखि २१ गतेसम्म लक्ष्यको २० प्रतिशतमात्रै (३९ अर्ब रूपैयाँ) राजस्व उठेको छ। २१ दिनको अवधिमा आन्तरिक राजस्व विभागले १३ अर्ब ६५ करोड रूपैयाँ, भन्सार विभागले २३ अर्ब ४५ करोड रूपैयाँ राजस्व उठाएका छन्। त्यस्तै, गैर कर राजस्व दुई अर्ब ७४ करोड रूपैयाँ उठेको छ।

पुस महिनामा तोकिएको लक्ष्य पूरा गर्न एक सातामा एक खर्ब ४९ अर्ब रूपैयाँको राजस्व उठाउनु पर्ने हुन्छ। कर अधिकृतहरूले अहिले लक्ष्य अनुसारको राजस्व उठाउने प्रयासमा रहे पनि पूरा हुन कठिन रहेको प्रतिक्रिया दिएका छन्।

आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालयलाई पुस महिनामा ५२ अर्ब ५० करोड रूपैयाँको राजस्व उठाउने लक्ष्य दिएको छ।

'हामीले लक्ष्यअनुसार कर उठाउने कोसिस गरेका छौं, कहाँबाट बढी कर आउँछ। त्यसको खोजी गर्दै छलफलहरू गरिरहेका छौं,' ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासक जनक शर्माले भने। ठूला करदाता कार्यालयले वार्षिक एक अर्बभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर प्रशासन गर्दछ।

पुस महिना महिनागत रूपमा सबैभन्दा धेरै राजस्व उठाउने महिना हो। आर्थिक वर्ष २०७८/७९ मा उठेको १० खर्ब ६३ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २९ अर्ब रूपैयाँ उठेको थियो। आर्थिक वर्ष २०७९/८० मा नौ खर्ब ५७ अर्ब रूपैयाँको राजस्वमा पुस महिनामा मात्रै एक खर्ब २५ अर्ब रूपैयाँ राजस्व उठेको थियो।

राजस्व प्रशासनले पुस महिनालाई राजस्वको आधार महिनाको रूपमा लिने गर्छन्। पुस महिनामा उठ्ने राजस्वले आगामी ६ महिनामा उठ्ने राजस्व निर्धारणमा सहयोग पुग्ने राजस्वका अधिकारीहरूको भनाइ छ।

विशेषतः पुस महिनामा सबैभन्दा धेरै आयकर उठ्ने गर्छ।

आयकर ऐनको व्यवस्थाअनुसार पुस महिनामा वार्षिक अनुमानित आम्दानीको आधारमा तिर्नुपर्ने करको ४० प्रतिशत भुक्तानी गर्नुपर्ने हुन्छ। 

यसको अर्थ पुस महिनासम्म करदाताले त्यस आर्थिक वर्षमा कति आम्दानी हुन्छ भन्ने अनुमान गरेको हुन्छ। त्यस्तो अनुमानयोग्य आम्दानीबाट पुस महिनामा ४० प्रतिशत, चैत महिनासम्म थप ३० प्रतिशतसहित ७० प्रतिशत कर तिर्नुपर्छ। त्यस्तै असार महिनामा थप ३० प्रतिशत कर सहित शत प्रतिशत बुझाउनु पर्ने हुन्छ।

प्रतिक्रिया