Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एसईईका विद्यार्थीले यसरी पाउनेछन् प्रमाणपत्र

एसईईका विद्यार्थीले यसरी पाउनेछन् प्रमाणपत्र

काठमाडौं- सरकारले शिक्षा ऐन २०२८ को दफा २० अनुसार बाधाअडकाउ फुकाउ आदेश गरी यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) काे प्रमाणपत्र दिने भएकाे छ। 

परीक्षा नलिने निर्णयसँगै सरकारले विद्यार्थी मूल्यांकनका सन्दर्भमा विभिन्न आदेश जारी गरेको छ।

जसअनुसार एसईईको फाराम भरेका विद्यार्थीको विद्यालयद्वारा गरिएको अन्तिम मूल्यांकन विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउनुपर्नेछ।

समितिले प्रमाणित गरी त्यो विवरण राष्ट्रिय परीक्षा बोर्डमा पठाउनेछ। त्यसरी प्राप्त विवरणका आधारमा बोर्डले परीक्षाफल तयार पारी प्रकाशन गरी प्रमाणपत्र वितरण गर्ने आदेश जारी गरिएको सरकारका प्रवक्ता अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए।

यसका लागि बोर्डले आवश्यक कार्यविधि बनाउन सक्नेछ। आदेशलाई नेपाल राजपत्रको अतिरिक्तांमा प्रकाशन गरिने मन्त्री खतिवडाले बताए।

यस्ताे छ शिक्षा ऐनको दफा २० मा

यस ऐनको उद्देश्य कार्यान्वित गर्न कुनै बाधा अड्काउ परेमा नेपाल सरकारले त्यस्तो बाधा अड्काउ हटाउन नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आदेश निकाल्न सक्नेछ र त्यस्तो आदेश यसै ऐनमा परे सरह मानिनेछ ।

प्रतिक्रिया