Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

यती एयरलाइन्स विश्वका तीन ‘चढ्न अतिजोखिम’ एयरलाइन्सकाे सूचीमा

यती एयरलाइन्स  विश्वका तीन ‘चढ्न अतिजोखिम’  एयरलाइन्सकाे सूचीमा

नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ।  सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो। 

सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदल र नियामकको कमजोरीलाई आधार मानेर यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको टकरन्यूज डट कोले लेखेको समाचारमा उल्लेख छ।

यतीको दुर्घटना इतिहासले गर्दा समेत चढ्न नहुने भनी परिभाषित गरिएको छ। एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको समाचारमा उल्लेख छ। सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई अति जोखिममा राख्ने गरिएको छ।

टकरन्यूज डट को‘को समाचारमा भनिएको छ, ‘नेपालमा सञ्चालित यति एयरलाइन्सले पहाडी तथा हिमाली भू-भाग, जोखिमपूर्ण मौसम र उडान सुरक्षालगायत चुनौतीहरूको सामना गरिरहेको छ।’

नेपालको समग्र उडान सुरक्षा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को गाइडलाइनले दिएको कार्यसम्पादन औसतभन्दा माथि भएपनि यति एयरलाइन्स घातक दुर्घटनाका कारण खराब सूचीमा परेको समाचारमा उल्लेख छ।

आईकाओले नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमीकमजोरी पहिचान गरेर समग्र हवाई यात्रा सुरक्षित बनाउन एक्सन प्लानसहितको कार्ययोजना ल्याउन पटक-पटक सूचित गर्दै आएको छ।

प्रतिक्रिया