Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

यती एयरलाइन्स विश्वका तीन ‘चढ्न अतिजोखिम’ एयरलाइन्सकाे सूचीमा

यती एयरलाइन्स  विश्वका तीन ‘चढ्न अतिजोखिम’  एयरलाइन्सकाे सूचीमा

नेपालको यती एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ।  सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यती एयरलाइन्स पनि अतिजोखिम हुने विमान कम्पनीमा परेको हो। 

सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदल र नियामकको कमजोरीलाई आधार मानेर यतीलाई जोखिम कम्पनीको सूचीमा राखिएको टकरन्यूज डट कोले लेखेको समाचारमा उल्लेख छ।

यतीको दुर्घटना इतिहासले गर्दा समेत चढ्न नहुने भनी परिभाषित गरिएको छ। एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर चढ्न नहुनेको सूची बनाइएको समाचारमा उल्लेख छ। सात स्टारमा तीनभन्दा कम नतिजा ल्याउनेलाई अति जोखिममा राख्ने गरिएको छ।

टकरन्यूज डट को‘को समाचारमा भनिएको छ, ‘नेपालमा सञ्चालित यति एयरलाइन्सले पहाडी तथा हिमाली भू-भाग, जोखिमपूर्ण मौसम र उडान सुरक्षालगायत चुनौतीहरूको सामना गरिरहेको छ।’

नेपालको समग्र उडान सुरक्षा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)को गाइडलाइनले दिएको कार्यसम्पादन औसतभन्दा माथि भएपनि यति एयरलाइन्स घातक दुर्घटनाका कारण खराब सूचीमा परेको समाचारमा उल्लेख छ।

आईकाओले नेपालको हवाई सुरक्षा मापदण्डमा रहेका कमीकमजोरी पहिचान गरेर समग्र हवाई यात्रा सुरक्षित बनाउन एक्सन प्लानसहितको कार्ययोजना ल्याउन पटक-पटक सूचित गर्दै आएको छ।

प्रतिक्रिया