ताजा अपडेट
सन्दीप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश
बलात्कार मुद्दामा दोषी ठहर भएका नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ८ वर्ष कैद सजाय निर्धारण गरेको छ।साथै उनलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन समेत आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतले सन्दीपको सजायसम्बन्धी निर्णय बुधबार सार्वजनिक गरेको हो।
गौशला २६ का कानुन ब्यबसायिले १५ वर्ष कैद सजाय माग गरेका थिए भने सरकारी वकिलले १० वर्ष सजायको माग गरेका थिए। त्यस्तै सन्दीपका कानुन ब्यबसायिले ७ वर्षको सजाय निर्धारण हुनु पर्ने माग अदालत समक्ष गरेका थिए।
न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई ८ वर्ष कैद सजाय सुनाए। साथै उनलाइ ५ लाख क्षतिपुर्ति गराउन आदेश दिएका थिए। यसअघि गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै बुधबारका लागि सजाय निर्धारणको पेशी तोकेको थियो।
सन्दीपको मुद्दामा अदालतको फैसलाको पूर्ण पाठ आएपछि सन्दीप पुनरावेदनका लागि उच्च अदालत जाने उनका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिए।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया